भूकम्पपीडितलाई सिटिजन्स बैंकको २५ लाख सहयोग



काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनलले जाजरकोट भूकम्पपीडितलाई सहयोग घोषणा गरेको छ ।

बैंकले शुक्रबार राति आएको भूकम्पमा परी प्रभावित भएकाहरुको सहयोगका लागि २५ लाख आर्थिक सहयोग घोषणा गरेको हो ।

बैंकले पीडितको उद्धार र उपचारका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार तथा राहत कोषमा आर्थिक सहयोग उपलब्ध गराउने निर्णय गरेको प्रवक्ता नारायणराज अधिकारीले जानकारी दिए ।

बैंकले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत स्वास्थ, शिक्षालगायतका क्षेत्रमा सहयोग गर्दै आएको छ ।


क्लिकमान्डु