उद्धारमा परिचालन हुने हेलिकप्टर र जहाजलाई निगमको सहयोग



काठमाडौं । भूकम्पमा परी घाइते भएका स्थानीयलाई राहत उपलब्ध गराउन र उद्धारमा खटिएको सेनाको हेलिकप्टर र नेपाल एयरलाइन्सको जहाजलाई नेपाल आयल निगमले हवाई इन्धन उपलब्ध गराउने निर्णय गरेको छ ।

निगमका प्रवक्ता मनोज ठाकुरका अनुसार राहत र उद्धार कार्यमा खटिएका जहाज र हेलिकप्टरमा खपत हुने हवाई इन्धनबापतको रकम निगमले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत व्यहोर्ने भएको हो ।


क्लिकमान्डु