भूकम्पपीडितलाई १ करोड सहयोग गर्दै बुद्ध एयर



काठमाडौं । जाजरकोट भूकम्पपीडितलाई बुद्ध एयरले १ करोड सहयोग गर्ने भएको छ ।

शुक्रबार राति आएको भूकम्पमा परी घाइते भएकाहरुको उद्धार र राहतका लागि संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत बुद्ध एयरले १ करोड रुपैयाँ सहयोग गर्ने प्रतिबद्धता जनाएको हो ।

बुद्ध एयरले उक्त रकम प्रधानमन्त्री दैवीप्रकोप राहत कोषमा उपलब्ध गराउनेछ ।


क्लिकमान्डु