भूकम्पपीडितलाई चौधरी फाउण्डेसनले राहत सामग्री उपलब्ध गराउने



काठमाडौं । जाजरकोट भूकम्पमा परी मृत्यु भएकाहरुका परिवार र घाइते परिवारलाई चौधरी फाउण्डेसनले राहत सामग्री उपलब्ध गराउने भएको छ ।

चौधरी फाउण्डेसनका अध्यक्ष विनोद चौधरीले सामाजिक सञ्जालमार्फत राहत सामग्री उपलब्ध गराउने घोषणा गरेका हुन् ।

उनले तत्काल खाद्यान्न, त्रिपाल र ब्लाङ्केट उपलब्ध गराउने घोषणा गरेका छन् । राहत सामग्रीसहित फाउण्डेसनको टिम आइतबार जाजरकोट पुग्ने जानकारी दिइएको छ ।


क्लिकमान्डु