क्यानको आह्वानमा जाजरकोट भूकम्प प्रभावितलाई कैलाश हेलिकप्टरको १० लाख सहयोग



काठमाडौँ । कैलाश हेलिकप्टरले राज्यको विपत् कोषमा १० लाख रुपैयाँ सहयोग गर्ने घोषणा गरेको छ। कैलाश हेलिकप्टरले जाजरकोटमा गएको भूकम्प प्रभावितका लागि सहयोग भन्दै राज्यको विपत् कोषमा १० लाख सहयोग गर्ने भएको हो ।

‘जाजरकोट केन्द्रबिन्दु बनाएर ६ दशमलव ४ म्याग्निच्युडको विनाशकारी भूकम्पबाट जाजरकोट र रुकुम पश्चिममा धेरैले ज्यान गुमाउनुपरेको दु:खद अवस्था ब्योहोर्नुपरेको छ,’ कैलाश हेलिकप्टरका सञ्चालक प्रतापजंग पाण्डेले भने, ‘भूकम्पमा ज्यान गुमाउनुभएका सबैप्रति श्रद्धाञ्जली व्यक्त गर्दछौँ। घाइतेको शीघ्र स्वास्थ्य लाभको कामना पनि गर्दछौँ। विनाशकारी भूकम्पबाट पुगेको अकल्पनीय मानवीय तथा भौतिक क्षति भएका बेला राज्यलाई सबैको साथ र साथ आवश्यक हुन्छ।’

कैलाशले नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)को आह्वानमा भूकम्प प्रभावितका लागि भन्दै विपत कोषमा १० लाख रुपैयाँ सहयोग गर्ने घोषणा गरेको छ । जंगकाअनुसार कठिन परिस्थितिमा राज्यलाई सहयोग गर्ने र साथ दिने उद्देश्यले यो सहयोग गर्ने घोषणा गरिएको हो । उनले भने, ‘यो कठिन घडीमा सामाजिक उत्तरदायित्व वहन गर्दै आएको हाम्रो कम्पनीले राज्यको विपत् कोषमा दश लाख रुपैयाँ ९१० लाख० सहयोगको घोषणा गरेका छौं।’

शुक्रवार मध्यरातमा जाजरकोट केन्द्रबिन्दु बनाएर ६.४ म्याग्निच्युडको भूकम्प गएको थियो । उक्त भूकम्पमा परि सयभन्दा धेरै जनाले ज्यान गुमाएका छन् भने कैयौँ घाइते भएका छन् ।


क्लिकमान्डु