अर्थतन्त्र सकारात्मक बाटोतर्फ लागेको छः अर्थमन्त्री महत



काठमाडौं । अर्थमन्त्री प्रकाशशरण महतले अर्थतन्त्रले सकारात्मक बाटो तर्फ लागेको बताएका छन्। नेपाल आर्थिक पत्रकार संघको १५ औं वार्षिकोत्सवमा बोल्दै अर्थमन्त्री महतले अर्थतन्त्र सकारात्मक बाटोतर्फ लागेको बताएका हुन् ।

महतले प्राकृतिक प्रकोप लगायतका समस्या आए पनि सम्बोधन गर्दै आर्थिक वृद्धि बढाउनु पर्ने बताए। नेपालको अर्थतन्त्रमा एका एक आएको समस्या नभई वर्षौँ देखी समस्या थपिँदै जाँदा समस्या भएको उनको भनाइ छ ।

उनकाअनुसार  पर्यटक आगमन, रेमिट्यान्स बढेको छ। उनले विगतका दिनमा घरजग्गाको कारोबार एकदमै बढी रहेकोमा घटेको थियो ।

‘घरजग्गामा एकै पटक धेरै लगानी गर्दा अर्थतन्त्रमा समस्या आएको थियो,’ उनले भने,‘लगातार घरजग्गाको मूल्य बढ्ने नहुँदा समस्या भयो। अहिले समाधान भइसकेको छ।’

उनले बैंकहरुको ब्याजदर घट्दै गएको बताए। नेपाल बैंक तथा वित्तीय संस्थाका अध्यक्ष रहेको एनएमबी बैंकले केही बढाए पनि अरूको घट्दै गएको बताए। 

‘बैंकहरुको ब्याजदर क्रमशः घट्दै गएको छ। बढाएको बैंकलाई पनि घटाउन आग्रह गर्छु,’ महतले भने। 

अर्थतन्त्रका परिसूचक राम्रो हुँदै गएकाले नेपालको अर्थतन्त्रमा आत्मविश्वास आवश्यक भएकाले यसको वातावरण बनाउनु पर्ने बताए।  

विश्व बैंक र एडिबीको आर्थिक प्रक्षेपणले ४ प्रतिशत बढी आर्थिक वृद्धि हुने देखाएको बताए। उनले नकारात्मक धारणा राख्नु भन्दा बजार बढाउने गरी वातावरण बनाउनु पर्छ। 

‘अन्तर्राष्ट्रिय क्षेत्रमा नेपालको विषयमा चासो बढ्दो रहेको छ,’ अर्थमन्त्री महतले भने,‘विश्व बैंक, एडिबी सहित बेलायत लगायतका देशबाट निजी क्षेत्र नेपालप्रति सकारात्मक छन्।’

उनले फागुन चैतमा वैदेशिक लगानी ल्याउनको लागि लगानी सम्मेलन गर्ने बताए। निजी क्षेत्र, गैर आवासीय नेपाली संघ समन्वय गरी विदेशी लगानी ल्याउने गरी सम्मेलन गर्ने जानकारी दिए। 

नेपालका मुख्य ४ वटा क्षेत्रले अर्थतन्त्रलाई चलायमान बनाउन सक्ने बताए। २–३ मेगावाटबाट सुरु भएको हाइड्रो अहिले निजी क्षेत्रले २–३ सय मेगावाटको आयोजना बनाउन सक्ने भएको बताए। उनले हाइड्रोमा इकोसिस्टम बनिसकेको जिकिर गरे । १। ७ बिलियन डलरको अपर अरुण अगाडी बढाउन विश्व बैंक तत्परता देखाएको उनको भनाइ छ ।

सूचना प्रविधिको क्षेत्रमा नेपालले राम्रो प्रगति गरेको बताए। आइटी क्षेत्रलाई प्रवर्द्धन गर्न अन्तर्राष्ट्रिय कम्पनीले नेपालमा सेन्टर खोलोस् भन्ने चाहेको बताए। 

तेस्रोमा नेपालको लगानी र आर्थिक विकासकालागि पर्यटन क्षेत्र उत्कृष्ट भएको बताउँदै पर्यटन क्षेत्रमा कम लगानी गरी ठुलो प्रतिफल लिन पाउने उनको भनाइ छ ।


क्लिकमान्डु