हरित, उत्थानशील र समावेशी विकासमा हुने लगानीलाई प्राथमिकता



काठमाडौं । नेपालको हरित, उत्थानशील र समावेशी विकास (ग्रिड) बमोजिम उच्च प्राथमिकताप्राप्त लगानी र नीतिहरूको कार्यान्वयनमा नेपाललाई सहयोग गर्नका लागि वित्तीय तथा प्राविधिक सहायता एकीकृत एवं विस्तार गर्न नेपाल सरकार र १६ वटा विकास साझेदारहरू सहमत भएका छन् ।

विश्व बैंक र अन्य विकास साझेदारहरूको सहकार्यमा अर्थ मन्त्रालयद्वारा आज आयोजित उच्चस्तरीय कार्यक्रममा नेपालको ग्रिड रणनीतिक कार्ययोजना कार्यान्वयन गर्ने सम्बन्धमा एक संयुक्त वक्तव्यलाई अनुमोदन गरिएको छ ।

कार्यक्रममा सरकार, विकास साझेदार, नागरिक समाज संगठन, निजी क्षेत्रका सरोकारवाला र प्रबुद्ध वर्गहरूले समेत नेपालका ग्रिड प्राथमिकताहरूमा हुने वित्तीय लगानी र कार्यान्वयनलाई निरन्तरता दिन संस्थागत एवं क्षेत्रगत तहमा रहेर काम गर्ने पुनः प्रतिबद्धता व्यक्त गरे ।

“नेपालमा हामीले आपतहरू सहन सक्ने, हाम्रो वातावरणको संरक्षण गर्ने र हाम्रा जनताको जीवनस्तर उकास्न सक्ने हरित, थप उत्थानशिल, र थप समावेशी अर्थतन्त्र निर्माण गर्ने दृष्टिकोणका रूपमा ग्रिडको अवधारणालाई मनन गरेका छौं,”  अर्थमन्त्री डा प्रकाश शरण महतले भने। “नेपालमा विकास र रोजगारी सृजनालाई गति दिन, जीविकोपार्जनलाई बलियो बनाउन र दिगो रूपमा नेपाली जनताको समृद्धिलाई बढावा दिन नयाँ ग्रिड रणनीतिक कार्य योजना एक नीतिगत माध्यम हुन सक्छ ।”

ग्रिड रणनीतिक कार्ययोजनाका लागि प्राप्त हुने बाह्य लगानी अन्तर्गत अनुदान र अन्य सहूलियतपूर्ण वित्तीय लगानीहरू जस्तै सहूलियतपूर्ण ऋण, र कार्बन वित्त जस्ता नवीनम वित्तीय लगानी रहेका छन् । बाह्य वित्तीय लगानी नेपालको सार्वजनिक बजेटको पूरकका रूपमा रहनेछ र यसले विदेशी र स्वदेशी निजी क्षेत्रको लगानीलाई समेत लाभान्वित गराउने लक्ष्य लिएको छ ।

ग्रिड रणनीतिक कार्ययोजनाले १० वटा प्राथमिकताप्राप्त कार्यहरू पहिचान गरेको छ । यसमा थप उत्थानशील पूर्वाधार, परिस्थितिकी प्रणाली, र खाद्य प्रणालीका लागि भूमि, जल र वनलाई अझ बढी उत्पानदशील, दिगो र एकीकृत रूपमा व्यवस्थापन गर्ने; मानिसहरूलाई नयाँ सीप र उत्थानशील जीविकोपार्जनबाट सुसज्जित गर्ने; सहरी विकासलाई हरित बनाउने; खानेपानी र सरसफाई विस्तार गर्ने; वायु प्रदूषण न्यूनीकरण र फोहोरमैला व्यवस्थापन गर्ने; नवीकरणीय ऊर्जालाई बढावा दिने; यातायातको दिगोपना र उत्थानशीलता अभिवृद्धि गर्ने; विपद् जोखिम व्यवस्थापनलाई सुदृढ बनाउने; र आघातप्रति थप उत्तरदायी बनाउन सामाजिक सुरक्षा एवं स्वास्थ्य प्रणाली अभिवृद्धि गर्ने विषयहरू समावेश छन् ।

नेपाललाई थप दिगोउत्थानशील र समावेशी अर्थतन्त्रतर्फरणनीतिक कदम चाल्न सहयोग गर्न पाएकोमा विश्व बैंक गर्व गर्दछ । नेपालको ग्रिडसम्बन्धीअवधारणाले विकास र वृद्धिलाई केन्द्रमा राखेको छ । त्यो वृद्धिले चरम गरीबी घटाउँछसंरचनात्मक असमानता कम गर्छवातावरण संरक्षण गर्छर विकास प्रक्रियालाई दिगो र उत्थानशीलबनाउँछ । यसले बस्नयोग्य पृथ्वीमा गरिबीमुक्त समाज स्थापना गर्ने विश्व बैंकको नयाँलक्ष्य र दूरदृष्टि हासिल गर्न मुख्य अवयवहरू प्रदान गर्दछ,” विश्व बैंककी कार्यसञ्चालन प्रबन्ध निर्देशकअन्ना जेर्डले भनिन् ।  

ग्रिड रणनीतिक कार्ययोजनाका लगानी प्राथमिकताहरूले नेपालको विकास सफलताका कथाहरूलाई आधार बनाउने, सम्बन्धित क्षेत्रमा काम कारबाहीलाई तीव्रता दिने, निजी क्षेत्रको लगानी परिचालन गर्न मद्दत गर्ने र एकै समयमा उत्थानशीलता र समावेशीकरण सहितको दिगोपना प्रदान गर्ने लक्ष्य लिएका छन्  ।

यसले अझ धेरै मानिसहरूका लागि थप रोजगारी सिर्जना गर्न; मानिस र उनीहरूका जीविकोपार्जनको उत्थानशीलता निर्माण गर्न; वातावरण, जलवायु, जल, र खाद्य सुरक्षा अभिवृद्धि गर्न; र थप समावेशी र दिगो अर्थतन्त्रका अवसरहरू सिर्जना गर्न मद्दत गर्नेछ ।


क्लिकमान्डु