भारतको कर्नाटकमा भएको सवारी दुर्घटनामा सुर्खेतका एकै परिवारका ५ जनाको मृत्यु



काठमाडौं । भारतको कर्नाटक राज्यमा भएको सवारी दुर्घटनामा सुर्खेतको चौकुने गाउँपालिकाका एकै परिवारका ५ जनाको मृत्यु भएको छ ।

कर्नाटकको गुलबर्ग रोडमा भएको दुर्घटनामा दुई बालकसहित एकै परिवारका पाँच जनाको मृत्यु भएको गाउँपालिका अध्यक्ष खड्क विकले जानकारी दिए ।

मृत्यु हुनेमा चौकुने गाउँपालिका-७ अमलटाकुराका २७ वर्षीय रतन नेवार, उनकी श्रीमती २५ वर्षीया अस्मिता नेवार र छोराहरू ५ वर्षका मिलन र डेढ वर्षका धड्कन नेवार छन् । दुर्घटनामा परी रतनका भाइबुहारी सुस्मिता नेवारको पनि मृत्यु भएको उनले बताए ।

अध्यक्ष विकका अनुसार उनीहरू चढेको मोटरसाइकललाई पछाडिबाट आएको मालबाहक ट्रकले ठक्कर दिएको हो । उनीहरू रोजगारीका लागि भारतमा थिए । नेवार परिवार दसैंमा पनि घर आएको थिएन ।


क्लिकमान्डु