रुस्लान ५०औं वार्षिकोत्सव गल्फ प्रतियोगिता कात्तिक १७ र १८ मा



काठमाडौं । रुस्लानले उत्कृष्ट भोड्का उत्पादनको ५०औं वर्ष पार गरेको छ । सन् १९७३ मा स्थापना भएको रुस्लान भोड्काले स्थापना कालदेखि नै उत्कृष्ट गुणस्तर कायम गर्न सफल रहँदै आएको दाबी गरेको छ ।

यसै अवसरमा रुस्लानले रोयल नेपाल गल्फ क्लबसँगको सहकार्यमा गल्फ प्रतियोगिता आयोजना गर्दैछ । नेपालमै गल्फको सुरुवातकर्ता रोयलले पनि सञ्चालनको १०७औं वर्ष मनाउँदै छ । यसै अवसरमा रुस्लान र रोयल दुवै मिलेर ‘रुस्लान ५०औं वार्षिकोत्सव गल्फ प्रतियोगिता’ आयोजना गर्न लागेका हुन् ।

जावलाखेल ग्रुप अफ इन्डस्ट्रिजका निर्देशक श्रीहर राणाले रुस्लानको पाँच दशकको यात्रा र रोयलको १०७औं वर्षको यात्रालाई प्रतिविम्बित गर्दै गल्फ प्रतियोगिता आयोजना गर्न पाउँदा खुसी लागेका बताएका छन् ।

प्रतियोगिता कात्तिक १७ र १८ गते रोयल नेपाल गल्फ क्लबमा आयोजना हुनेछ, जसमा १३० जना रोयलका सदस्यबीच प्रतिस्पर्धा हुनेछ ।


क्लिकमान्डु