नेपाल प्रहरीमा १२८ जनालाई रोजगारीको अवसर



काठमाडौं । नेपाल प्रहरीमा विभिन्न पदमा १२८ जनालाई रोजगारी खुलेको छ ।

नेपाल प्रहरीको मनावश्रोत विकास विभागअन्तर्गतको वृत्ति विकास महाशाखाको भर्ना छनौट शाखाले निकालेको सूचनाका अनुसार विभिन्न पदमा १२८ जनालाई जागिर खुलेको हो । इन्जिनियरिङ, केनाईन, हातहतियार र स्वास्थ्य उपसमूहका विभिन्न पदमा रोजगारी खुलेको हो ।

सूचनाका अनुसार इन्जिनियरिङ उपसमूहमा प्रहरीको सञ्चार निर्देशनालयतर्फ विभिन्न समूहमा गरी ३५ जना, सूचना प्रविधि निर्देशनालयतर्फ १६ जना, भौतिक पूर्वाधार निर्देशनालयतर्फ १६ जना, भौतिक पूर्वाधार निर्देशनालयतर्फ ८ जना र सवारी महाशाखातर्फ ४ जनालाई रोजगारी खुलेको हो । त्यस्तै, केनाईन उपसमूहमा नेपाल प्रहरी केनाईन कार्यालयतर्फ ३ जनालाई रोजगारी खुलेको छ । 

हातहतियार उपसमूहमा हातहतियार मर्मत शाखातर्फ १ जनालाई रोजगारी खुलाइएको छ । त्यस्तै, स्वास्थ्य उपसमूहमा नेपाल प्रहरी अस्पतालतर्फ ६१ जनालाई रोजगारी खुलाइएको छ ।

योग्यता पुगेका नेपाली नागरिकहरूले मंसिर ४ गतेदेखि पुस ८ गतेसम्म दरखास्त आवेदन दिन सक्ने प्रहरीले जनाएको छ । 


क्लिकमान्डु