माछापुच्छ्रे बैंकको नाफा २०.१८ प्रतिशतले बढ्यो



काठमाडौं । चालु आर्थिक वर्षको पहिलो त्रैमासमा माछापुच्छ्रे बैंकको नाफा २०.१८ प्रतिशतले बढेको छ ।

बैंकको नाफा गत आवको पहिलो त्रैमासको तुलनामा २०.१८ प्रतिशतले बढेर ५४ करोड २२ लाख ३९ हजार रुपैयाँ रहेको छ । गत आवको सोही अवधिमा बैंकको नाफा ४५ करोड ११ लाख ८३ हजार रुपैैयाँ रहेको थियो ।

यो अवधिमा बैंकको खुद ब्याज आम्दानी १ अर्ब ४१ करोड २२ लाख ३१ हजार रुपैयाँ रहेको छ । गत आवको सोही अवधिमा १ अर्ब ४७ करोड ३ लाख ५१ हजार रुपैयाँ रहेको थियो । यस्तै सञ्चालन नाफा ७८ करोड ३५ लाख ११ हजार रुपैयाँ रहेको छ । गत आवको सोही अवधिमा ६४ करोड ४० लाख ८७ हजार रुपैयाँ रहेको थियो ।

११ अर्ब ६२ करोड १३ लाख ५७ हजार रुपैयाँ चुक्ता पुँजी रहेको बैंकको जगेडा कोषमा १० अर्ब २५ करोड ७१ लाख ५५ हजार रुपैयाँ रहेको छ । १ खर्ब ४८ करोड ८५ करोड ८३ लाख ६९ हजार रुपैयाँ निक्षेप संकलन गरेको बैंकले १ खर्ब ३० अर्ब ४७ करोड ५९ लाख २५ हजार रुपैयाँ कर्जा लगानी गरेको छ ।

बैंकको खराब कर्जा १.३० प्रतिशतबाट बढेर २.५६ प्रतिशत रहेको छ । प्रतिसेयर आम्दानी १८ रुपैयाँ ६६ पैसा रहेको बैंकको प्रतिसेयर नेटवर्थ १४२ रुपैयाँ ७७ पैसा रहेको छ ।


क्लिकमान्डु