एनआइसी एशिया बैंकको नाफा ४२.४९ प्रतिशत घट्यो, खराब कर्जा बढ्यो



काठमाडौं । चालु आर्थिक वर्षको पहिलो त्रैमासमा एनआइसी एशिया बैंकको नाफा घटेको छ ।

गत वर्षको पहिलो त्रैमासमा १ अर्ब ७५ करोड ६७ लाख ७९ हजार रुपैयाँ नाफा आर्जन गरेको बैंकको यो अवधिमा ४२.४९ प्रतिशतले घटेर १ अर्ब १ करोड ३ लाख ८३ हजार रुपैयाँ रहेको छ । यो अवधिमा बैंकको खुद ब्याज आम्दानी १७. ५५ प्रतिशतले घटेर २ अर्ब ७४ करोड ६६ लाख ३४ हजार रुपैयाँ रहेको छ ।

१४ अर्ब ९१ करोड ७५ लाख ६६ हजार रुपैयाँ चुक्ता पुँजी रहेको बैंकको जगेडा कोषमा १६ अर्ब २१ करोड ९ लाख ६७ हजार रुपैयाँ रहेको छ । ३ खर्ब ६३ अर्ब ६४ करोड २४ लाख रुपैयाँ निक्षेप संकलन गरेको बैकले २ खर्ब ९४ अर्ब ९ करोड ६७ लाख रुपैयाँ कर्जा लगानी गरेको छ ।

बैंकको खराब कर्जा ०.५९ प्रतिशतबाट बढेर १.३७ प्रतिशत पुगेको छ । प्रतिसेयर आम्दानी २६.५८ रुपैयाँ रहेको बैंकको प्रतिसेयर नेटवर्थ २०२.०५ रुपैयाँ रहेको छ ।


क्लिकमान्डु