नबिल बैंकको नाफा १ अर्ब ४६ करोड, अन्य सूचक कस्ता ?



काठमाडौं । नबिल बैंकले चालु आर्थिक बर्षको पहिलो त्रैमासिमा १ अर्ब ४६ करोड ९३ लाख रुपैयाँ नाफा कमाएको छ ।

बैंकले गत आवको सोही अवधिमा १ अर्ब ५७ करोड रुपैयाँ नाफा कमाएको थियो । यो अवधिमा बैंकको नाफा भने घटेको छ । यो अवधिमा बैकको खुद ब्याज आम्दानी बढेको छ भने सञ्चालन नाफा घटेको छ । असोज मसान्तसम्म बैंकले ४ अर्ब १७ करोड ३९ लाख ४६ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । गत आवको सोही अवधिमा ३ अर्ब ६७ करोड ७१ लाख १९ हजार रुपैयाँ रहेको थियो ।

यस्तै सञ्चालन नाफा २ अर्ब १२ करोड ६१ लाख ४२ हजार रुपैयाँ रहेको छ । गत आवको सोही अवधिमा २ अर्ब २३ करोड रुपैयाँ रहेको थियो । २७ अर्ब ५ करोड रुपैयाँ चुक्ता पुँजी रहेको बैंकको जगेडा कोषमा २८अर्ब ३९ करोड रुपैयाँ रहेको छ ।

बैंकले असोज मसान्तसम्ममा ४ खर्ब १४ अर्ब ४७ करोड ८० लाख २८ हजार रुपैयाँ निक्षेप संकलन गरेर ३ खर्ब ५३ अर्ब ५६ करोड ६४ लाख ८८ हजार रुपैयाँ कर्जा लगानी गरेको छ ।

प्रतिसेयर आम्दानी २१.३१ रुपैयाँ रहेको बैंकको प्रतिसेयर नेटवर्थ २१८.२७ रुपैयाँ रहेको छ । बैंकको खराब कर्जा १.५८ प्रतिशत छ ।


क्लिकमान्डु