आर्किड गार्डेन नेपाललाई महालक्ष्मी विकास बैंकले गर्‍यो ५० हजार सहयोग



काठमाडौं । महालक्ष्मी विकास बैंकले आर्किड गार्डेन नेपाल परियोजनालाई ५० हजार रुपैयाँ सहयोग गरेको छ । बैंकले संस्थागत सामाजिक उत्तरदायितअन्तर्गत आर्किड गार्डेनलाई सहयोग गरेको हो ।

पिछडिएका बालबालिकाको अधिकार, कल्याण र स्वास्थ्य सुरक्षित गर्ने  उद्देश्यले  स्थापित  आर्किड  गार्डेनलाई  सफल  बनाउन  राउन्ड  टेबल  नेपालसँग समन्वय गरी आर्थिक सहयोग प्रदान गरिएको बैंकले जनाएको छ ।

पिछडिएका बालबालिकालाई दिवा स्याहार तथा शिक्षा प्रदान गरिरहेको बाल विद्यालयको अवस्था नाजुक रहेकाले बालबालिकाको पठनपाठनमा सहयोग पुर्‍याउने उद्देश्यले सहयोग गरिएको बैंकद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

६ महिनादेखि ९ वर्षसम्मका १५० बालबालिकालाई दिवा स्याहार सेवा तथा शिक्षा प्रदान गरिरहेको विद्यालयले सुधारपश्चात करिब २०० बालबालिकालाई सेवा प्रदान गर्ने सामर्थ्य राख्ने जनाइएको छ ।


क्लिकमान्डु