अमेरिकी डलर ऐतिहासिक उचाइमा, नेपाली मुद्रा बन्यो कमजोर
काठमाडौं । अमेरिकी डलरले नयाँ रेकर्ड कायम गरेको छ ।
बिहीबार नेपाली बजारमा अमेरिकी डलरको मूल्य अहिलेसम्मकै उच्च बनेको छ । अमेरिकी डलर एकको खरिद दर १३२ रुपैयाँ ९७ पैसा बिक्री दर १३३ रुपैयाँ ५७ पैसा रहेको छ ।
नेपाली मुद्रा अमेरिकी डलरसँग अहिले निकै कमजोर बन्दै गएको छ । बुधबार भारतीय मुद्रा अमेरिकी डलरको तुलनामा कमजोर बन्दा बिहीबार नेपाली बजारमा डलरको भाउ महंगो भएको हो ।
अमेरिकी डलर महँगिएसँगै आयात महँगो हुने र सरकारले तिर्ने ऋणको साँवा र व्याजको भुक्तानीसमेत बढ्ने गर्छ । डलर महँगिदा रेमिट्यान्स पठाउनेलाई भने फाइदा हुन्छ ।