यूनाइटेड सहकारीको ठगीः १५ लाखको ऋण दिएर ७ करोडको घर-जग्गा कब्जा



काठमाडौं । पुतलीसडकमा रहेको यूनाइटेड बचत तथा ऋण सहकारीले पूर्वी-रुकुम पुथाउत्तर गंगा गाउँपालिका-१० सुरेन्द्र पुनको काठमाडौंको बालाजुमा रहेको करिब ७ कारोडको घरजग्गा कब्जा गरेको छ ।

सहकारी पीडित पुनले बुधबार संवाद डबलीमा पत्रकार सम्मेलन गरेर उक्त कुरा बताएका हुन् । करिब १२ वर्ष जापानमा श्रम गरेर कमाएको रकमले लिएको घर अदालत, मालपोत, वडा कार्यालय र वकिलहरुसँग मिलेमातो गरेर सहकारील लिलाम गरेको पीडित पुनको आरोप छ ।

पीडित वैदशिक रोजगारको क्रममा जापान रहेको समय २०६१ सालमा सहोदर भाई पञ्च पुनले दाजु सुरेन्द्रको नाममा रहेको घर-जग्गा आफू स्वयम सुरेन्द्र भएको किर्ते हस्ताक्षर र ल्याप्चे किर्ते गरी ऋण लिएको अदालतले समेत पुष्टि गरेको छ ।

ऋण लिदाको समयमा सहकारीले सुरेन्द्रको घरलाई दृष्टिबन्दक राखेर भाई पञ्च पुनले ५ लाख, निरन्जन प्रसाद शर्माले ५ लाख र दिपेन्द्र उप्रेतिले ५ लाख बाँढेको जिल्ला अदालत काठमाडौंले समेत पुष्टि गरिसकेको उनको दाबी छ ।

२०६३ सालमा सुरेन्द्र जापानबाट फर्किएपछि आफ्नो घरजग्गा किर्ते जालसाजी गरेर सहकारीमा रहेको थाहा पाएपछि सहकारीमा सोधिखोजि गर्दा तत्काल ऋणको दोब्बर बढी ३२ लाख तिर्न भनि घरमा पत्र पठाएको पीडितले बताए ।

सहकारी समक्ष आफूले ऋण नलिएको बरु भाईले किर्ते गरेको भन्दा नमानेपछि न्यायको लागि काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरेका थिए । करिब ७ वर्षपछि अदालतमा ल्याप्चे तथा हस्ताक्षर किर्ते पुष्टि भएपछि पीडितको पक्षमा फैसाल गरे पनि सहकारी पुनः त्यसवीरुद्ध उच्चअदालत गएपछि मिलेमतोमा मुद्दा उल्ट्याएको उनको आरोप छ ।

त्यसपछि पीडित न्यायको निम्ति सर्बोच्च अदालतमा गए, सर्बोच्चले किर्ते तथा ठगी कुनै नभएको बरु लेनदेनमार्फत मिलापत्र गर्नु भनि पुनः जिल्ला अदालत फर्काएको पीडित बताउँछन् ।

यसरी १८ वर्षदेखि अदालतमा मुद्दा चलिरहँदा गत भदौमा सहकारीले कानुनी मर्यादालाई तोड्दै घरजग्गा लिलाम गरी आफूलाई सडकमा पुर्याएको पीडित दुःख व्यक्त गरे । कतै न्याय नपाएपछि बाध्य भई आमरुपमा न्याय माग्न र पीडा सार्बजनिक गर्न विवश भएको सुरेन्द्र बताउँछन् ।


क्लिकमान्डु