स्ट्याण्डर्ड चार्टर्ड बैंकले घोषणा गर्‍यो ४ वर्षयताकै उच्च लाभांश



काठमाडौं । स्ट्यान्डर्ड चार्टर्ड बैंकले ४ वर्षयताकै उच्च लाभांश घोषणा गरेको छ । बैंकले सेयरधनीलाई गत आर्थिक वर्षको नाफाबाट १९ प्रतिशत लाभांश दिने भएको हो ।

बैंकको सञ्चालक समितिले घोषणा गरेको लाभांश चार वर्षयताकै उच्च हो । बैंकले २०७६/७७ को नाफाबाट ११.८४ प्रतिशत, २०७७/७८ को नाफाबाट १३.०६ प्रतिशत र २०७८/७९ को नाफाबाट १६‍.५१ प्रतिशत लाभांश वितरण गरेको थियो ।

बैंकले गत आर्थिक वर्ष २०७९/८० को नाफाबाट करसहित १९ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको छ । सञ्चालक समितिको प्रस्ताव नेपाल राष्ट्र बैंकले स्वीकृत गरेर बैंकको आगामी साधारणसभाबाट पारित भएपछि सेयरधनीले पाउनेछन् ।


क्लिकमान्डु