सार्वजनिक स्थलमा आगो बाल्नेलाई महानगरले तिरायो ५ हजार जरिवाना



काठमाडौं । काठमाडौं महानगरपालिकाले सार्वजनिक स्थलमा आगो बाल्ने ग्रिन भ्याली साकोसलाई ५ हजार रुपैयाँ जरिवाना तिराएको छ ।

काठमाडौं महानगरपालिका वडा नम्बर १४ बल्खुमा सार्वजनिक स्थलमा आगो बाल्ने उक्त कम्पनीले ५ हजार जरिवाना तिर्नुपरेको हो ।

महानगरको नगर प्रहरीका अनुसार उक्त कम्पनीलाई ५ हजार रुपैयाँ जरिवानासहित पुनः यस्तो काम नगर्न सचेत गराइएको छ ।


क्लिकमान्डु