दसैंमा बैंकिङ प्रणालीबाट बाहिरियो ५५ अर्ब



काठमाडौं । दसैंका लागि बैंकिङ प्रणालीबाट ५५ अर्ब रुपैयाँभन्दा बढी पैसा बाहिरिएको छ । राष्ट्र बैंकका अनुसार घटस्थापनादेखि पूर्णिमासम्ममा बैंकिङ प्रणालीबाट नयाँ तथा पुराना नोट गरी ५५ अर्ब रुपैयाँ बाहिरिएको हो ।

घटस्थापनाका दिन असोज २८ गते बजारमा ६ खर्ब ३४ अर्ब रुपैयाँ रहेकोमा कात्तिक १२ सम्ममा ६ खर्ब ८९ अर्ब रुपैयाँ पुगेको राष्ट्र बैंकले जनाएको छ ।

राष्ट्र बैंकले असोज २९ देखि सर्वसाधारणलाई नयाँ नोट सटही सुविधा दिएको थियो । दसैंका लागि राष्ट्र बैंक तथा वाणिज्य बैंकले सर्वसाधारणलाई ५, १०, २०, ५० र १०० रुपैयाँ दरका नोटको सटही सुविधा दिएको हो । हरेक वर्ष दसैंको समयमा ठूलो रकम प्रणालीबाट बाहिरिने गरेको छ ।

चाडपर्व मनाउन सहर छोडेर गाउँ जाने क्रममा पनि ठूलै पैसा निस्किन्छ । प्रणालीबाट बाहिरिएको पैसा प्रणालीमा तिहार र छठ पर्वपछि आउने थाल्छ । प्रणालीमा पैसा आउन केही समय लाग्ने राष्ट्र बैंकले जनाएको छ ।


क्लिकमान्डु