हिमालयन बैंकका ४ जना संस्थापक सेयरधनी बाहिरिए, आचार्यले किने ७ लाख बढी कित्ता सेयर



काठमाडौं । हिमालयन बैंकबाट ४ जना संस्थापक सेयरधनी बाहिरिएका छन् ।

बैंकका संस्थापक सेयरधनी हिमालयन बिक्रम मल्ल ठकुरी, जोग लाल लामा, प्रेम ध्वज लामा र नारायण प्रसाद रिमालले आफ्नो स्वामित्वमा रहेको संस्थापक सेयर बिक्री गरेका छन् । उनीहरुले बिक्री गरेको सेयर प्यूठान जिल्ला ऐरावती गाउँपालिका–६ का राम प्रसाद आचार्यले खरिद गरेको बैंकले जनाएको छ । आचार्यले ४ जनाले बिक्री गरेको ७ लाख २ हजार १६० कित्ता सेयर खरिद गरेका छन् ।

बैंकका संस्थापक सेयरधनी ठकुरीले २ लाख ४४ हजार ७४३ कित्ता, जोग लाल लामाले २ लाख १४ हजार ९७६ कित्ता, प्रेम ध्वजले १ लाख ७५ हजार ५६१ कित्ता र रिमालले ६६ हजार ८८० कित्ता सेयर बिक्री गरेका छन् ।

उनीहरुले बिक्री गरेको सेयर बैंकका अन्य संस्थापकले नकिनेपछि आचार्यले किनेको बैंकले जनाएको छ । उक्त सेयर ७ दिन पछि नामसारी प्रकृया अघिबढ्ने बैंकले जनाएको छ ।


क्लिकमान्डु