आज चन्द्रग्रहण लाग्ने कुन–कुन राशिलाई शुभ ?
काठमाडौं । आज शनिबार खण्डग्रास चन्द्रग्रहण लाग्दै छ । यो ग्रहण नेपालमा स्पष्ट देखिनेछ । ग्रहण एसिया अफ्रिका र युरोपबाट देखिनेछ ।
वाल्मीकि क्याम्पसका वरिष्ठ खगोलविद् जयन्त आचार्यका अनुसार शनिबार राति १ बजेर २० मिनेटमा ग्रहण प्रारम्भ हुनेछ भने राति २ बजेट २८ मिनेटमा समाप्त हुनेछ । खण्डग्रास भएकाले चन्द्रमाको पूर्वपट्टिको भाग काटिएको जस्तोमात्रै देखिने उनले बताए ।
उनका अनुसार चन्द्रग्रहण हेर्दा कुनै सावधानी अपनाउन पर्ने छैन, यसै खुला ठाउँबाट स्पष्ट देख्न सकिन्छ । नेपालबाट यसपछि २०८१ भदौमा मात्रै चन्द्रग्रहण देखिनेछ ।
आचार्य अन्तर्राष्ट्रिय प्रकाश वर्ष २०१५ का अध्यक्ष (नेपाल) तथा अमेरिकी खगोल समाजका एस्ट्रो नेपाल अध्यक्ष पनि हुन् ।
चन्द्रग्रहणसम्बन्धी जानकारी
० कात्तिक ११ गते राति १:२० मा ग्रहणको प्रारम्भ हुने र समाप्ति राति २:३८ मा हुने
० चन्द्रमाको पूर्वपट्टिको भाग काटिएको जस्तोमात्रै देखिने
० यो ग्रहण १ घण्टा १८ मिनेटसम्म देख्न सकिने
० नेपालबाट यसपछि २०८१ भदौमा मात्रै चन्द्रग्रहण देखिने
० चन्द्रग्रहण हेर्दा कुनै सावधानी अपनाउन नपर्ने, यसै खुला ठाउँबाट स्पष्ट देख्न सकिने
० शनिबारको कोजाग्रत पूर्णिमाको पूजामा यसले कुनै असर नपार्ने शास्त्रीय निर्णय
० धर्मशास्त्रलाई मान्ने हो भने मिथुन, कर्कट, वृश्चिक, कुम्भ राशिले बाहेक अरुले हेर्न नहुने
ग्रहण फल विभिन्न राशिको
मेष: घात
वृष: हानि
मिथुन: लाभ
कर्कट: सुख
सिंह: माननाश
कन्या: कष्ट (मृत्युतुल्य कष्ट)
तुला: स्त्रीपीडा
वृश्चिक: सौख्यम
धनु: चिन्ता
मकर: व्यथा
कुम्भ: श्रीप्राप्ति
मीन: क्षति