एभरेष्ट बैंकका संस्थापक एवं अध्यक्ष विके श्रेष्ठको निधन
काठमाडौं । एभरेष्ट बैंक लिमिटेडका संस्थापक एवं संचालक समितिका अध्यक्ष विष्णुकृष्ण श्रेष्ठको ९४ वर्षको उमेरमा कात्तिक ६ गते मेडिसिटी अस्तालमा उपचारको क्रममा निधन भएको छ ।
स्वर्गीय विके श्रेष्ठको कुशल नेतृत्व एवंम अभिभावकत्वमा एभरेष्ट बैंकले उदाहरणीय प्रगति गर्दै आफुलाई दिगो, दरिलो र विश्वासीलो बैंकको रुपमा स्थापित गर्न सफल भएको बैंकले जनाएको छ ।
बैंकका अनुसार श्रेष्ठको अन्त्येष्टि उनको इच्छा बमोजिम, एभरेष्ट बैंकको सहयोगमा पशुपतिमा सञ्चालनमा रहेको कम दाउराले शव जलाइने प्रविधिमा आधारीत वुडन क्रिमेटरीमा कार्तिक ७ गते सम्पन्न भएको थियो।
श्रेष्ठले पञ्जाव नेसनल बैंकको सहकार्यमा नेपालमा एभरेष्ट बैंक स्थापना गर्न महत्वपूर्ण भूमिका खेलेका थिए ।
बैंकका प्रमुख कार्यकारी अधिकृत सुदेश खालिङ एवम् समस्त एभरेष्ट बैंक परिवारले दुखद घडीमा सान्तवना प्रदान गर्ने सबैमा धन्यबाद ब्यक्त गर्दै, शोकाकुल श्रेष्ठ परिवारमा हार्दिक समवेदना व्यक्त गरेको छ ।
स्व. श्रेष्ठका २ छोरी र एक छोरा रहेका छन् ।