पाँच वर्षमा सवा १ अर्ब रुपैयाँको तास आयात



काठमाडौं । नेपालले पछिल्लो पाँच वर्षको अवधिमा सवा १ अर्ब रुपैयाँको तास आयात गरेको छ ।

भन्सार विभागको तथ्याङ्कअनुसार आर्थिक वर्ष २०७५/७६ देखि हालसम्ममा १ अर्ब २६ करोड ५१ लाख रुपैयाँको तास आयात गरेको देखाउँछ ।

नेपालल चालु आर्थिक वर्षको २ महिनाको अवधिमा मात्रै ६ करोड ४४ लाख ८४ हजार रुपैयाँको २२ लाख ९७ हजार पिस तार आयात गरेको छ । जसबाट सरकारले ४ करोड ४ लाख ३३ हजार रुपैयाँ राजश्व संकलन गरेको छ ।

त्यस्तै, नेपालले गत आर्थिक वर्षमा २१ करोड २७ लाख ९४ हजार रुपैयाँको १ करोड ७७ हजार पिस, आव २०७८/७९ मा २१ करोड ५४ लाख ४५ हजार रुपैयाँको १ करोड ९ लाख ६० हजार पिस र आव २०७७/७८ मा २८ करोड ६२ लाख ६४ हजार रुपैयाँको १ करोड ३९ लाख ६९ हजार पिस तास आयात गरेको विभागको तथ्याङ्कमा उल्लेख छ ।

विभागअनुसार आव २०७६/७७ मा २३ करोड ५४ लाख ९३ हजार रुपैयाँको १ करोड ३२ लाख ६७ हजार ६२२ प्याकेट र आव २०७५/७६ मा २५ करोड ६ लाख ६२ हजार रुपैयाँको १ करोड ५७ लाख २५ हजार ५२१ प्याकेट तास आयात गरेको थियो ।

नेपालले पाँच वर्षको अवधिमा सवाँ १ अर्बको तास आयात गर्दा ८३ करोड ६५ लाख ६९ हजार रुपैयाँ राजस्व संकलन गरेको छ।

नेपालमा विशेषगरी चीन र भारतबाट तास आयात हुने गरेको छ । चालु आर्थिक वर्षको ६ करोड रुपैयाँ बढीको तास आयात गर्दा चीनबाट ६ करोड १ लाख २१ हजारको २१ लाख ९६ हजार ६०२ पिस आयात गरेको छ । साथै, भारतबाट ४३ लाख ६३ हजार रुपैयाँको १ लाख १ हजार २४ पिस तास आयात गरेको छ ।

पछिल्लो ६ वर्षमा आयात भएको तासको तथ्यांक


क्लिकमान्डु