दसैंमा पनि यी बैंक खुल्ने, कुन दिन कुन शाखा ?



काठमाडौं । दसैंको बिदामा पनि विभिन्न वाणिज्य बैंकले सातै प्रदेशका शाखा खोलेर सर्वसाधारणलाई सेवा दिएका छन् ।

वाणिज्य बैंकहरुले फुलपादीदेखि बिहीबार (त्रयोदशी)सम्म शाखा खोलेर सेवा दिने भएका छन् ।

बैंकहरुले ग्राहकको सेवालाई मध्येनजर गर्दै बैंकले ९ गतेसम्म सबै प्रदेशका केही शाखा बिहान १० देखि दिउँसो १ बजेसम्म खोलेर सेवा दिने जनाएका छन् । केही बैंकले भने बिहान ११ देखि ४ बजेम्म पनि सेवा दिने जनाएका छन् ।


क्लिकमान्डु