३ वटा जहाज किन्दै निगम, ४५ दिनको समय दिएर बोलपत्र आह्वान



काठमाडौं । नेपाल वायुसेवा निगमले दुर्गम क्षेत्र उडानको लागि ३ वटा नयाँ जहाज किन्ने भएको छ ।

निगमले जहाज किन्न आइतबार ४५ दिनको समय दिएर सार्वजनिक प्रस्ताव आह्वान गरेको छ । निगमले छोटो दुरीको उडान तथा अवतरण गर्ने (स्टोल) जहाज किन्ने भएको हो।

निगमले आफ्नै स्रोतबाट जहाज किन्ने भएको छ । ३ वटा जहाज किन्न निगमले संचित कोष प्रयोग गर्दै छ । उक्त कोसमा ३ अर्ब रुपैयाँभन्दा बढी छ । सोही कोसको प्रयोग गरेर जहाज कोन्ने निगमले जानकारी दिएको छ ।


क्लिकमान्डु