एनसेलद्वारा ३५ सय भन्दा बढी ग्राहकलाई १०० रुपैयाँ बोनस ब्यालेन्स प्रदान



काठमाडौं । एनसेल आजियाटा लिमिटेडले ‘हरेक दिन सरप्राइज सबैलाई स्योर–प्राइज’ योजना अन्तर्गत ३५ सय भन्दाबढी ग्राहकहरुलाई शुक्रबार जनही १०० रुपैयाँ बोनस ब्यालेन्स प्रदान गरेको छ ।

एनसेलको १८औं वार्षिकोत्सवको अवसरमा ‘हामी तपाईंकै लागि’ थिम अन्तर्गत संचालनमा ल्याइएको यो योजनामा ग्राहकहरुलाई यो बोनस ब्यालेन्स प्रदान गरिएको हो ।

भाद्र ३१ देखि २८ दिनसम्म संचालनमा रहेको यो योजनामा हरेक दिन ग्राहकलाई स्योर प्राइजहरु पनि प्रदान गरिएका थिए । यसरी प्रदान गरिएका उपहारहरुमा निःशुल्क डिजिटल सेवा सदस्यता, ब्यालेन्स, डेटा, टक टाइम र एसएमएस रहेका थिए । दैनिक उपहार बाहेक, प्रत्येक हप्ता अनलाइनमार्फत एनसेलका बारेमा उत्कृष्ट नारा पठाउने ग्राहकहरु रु. १०० बोनस ब्यालेन्सका लागि छानिएका थिए ।

विजेता ग्राहकहरूले बोनस ब्यालेन्स सामान्य मेन ब्यालेन्स रकम जस्तै गरि एनसेलका सेवाहरू प्रयोग गर्न उपयोग गर्न सक्छन्।् । साप्ताहिक रुपमा १०० रुपैयाँ बोनस ब्यालेन्स र बम्पर पुरस्कार जित्नका लागि योग्य हुन ग्राहकहरुले एनसेलका बारेमा नारा पठाउन पर्ने सर्त रहेको थियो ।

एनसेलले चाँडै नै सात जना भाग्यशाली बम्पर पुरस्कार विजेता ग्राहकहरुको पनि घोषणा गर्नेछ । यो योजनाको बम्पर पुरस्कारको रूपमा सात जना ग्राहकहरुले एक–एक स्कुटर जित्नेछन् ।

४५ हजार भन्दा बढी नाराहरु पठाई यो योजनालाई बृहद रुपमा सफल बनाउन योगदान पुर्याएकोमा एनसेलले आफ्ना ग्राहकहरुलाई हार्दिक कृतज्ञता व्यक्त गरेको छ ।


क्लिकमान्डु