सानिमा बैंकको मोबाइल बैंकिङमा विशेष योजना



काठमाडौं । सानिमा बैंक र एफ १ सफ्ट प्रालिको सहकार्यमा, सानिमा सजिलो इ बैंकिङ सेवा प्रयोगकर्ताका लागि विशेष योजना ल्याएको छ । यो योजना असोज २८ देखि मसिंर ०३, २०८० सम्म लागु हुने बैंकले जनाएको छ ।

यस अन्तर्गत, मोबाइल बैंकिङ्ग बाट अधिकतम रकमान्तर कारोबार गर्ने १० जाना ग्राहकहरु बिजेता हुन सक्नेछन् । यसमा सहभागीताका लागी ग्राहकहरुले न्युनतम ५०० को टपअप, १०० को टपअप र २०० रुपैयाँको रकमान्तर गर्नुपर्ने हुन्छ ।

बैंकले यसैगरी ग्राहकहरुलाई विभिन्न छुट तथा अफरहरु प्रदान गरी डिजिटल भुक्तानीको अधिकतम् प्रयोग गर्न प्रोत्साहन गर्दै आएको छ ।

सानिमा बैंकको देशका सातै प्रदेशमा १३२ वटा कार्यालय तथा १२३ वटा एटिएम संचालनमा रहेका छन् ।


क्लिकमान्डु