कुमारी बैंकद्वारा बडा दसैं क्यास व्याक तथा दक्षिणा योजना थप



काठमाडौं । कुमारी बैंक लिमिटेडले नेपालीहरुको महान चाड बडा दसैंलाई लक्षित गर्दै हर्षोल्लासका साथ आफ्ना बचत खाताहरुमा विभिन्न आकर्षक सुविधा सहित सार्वजनिक गरेको ‘बडा दसैं दक्षिणा’ र ‘क्यास व्याक अफर’ योजना लाई थप समयको लागि निरन्तरता दिएको छ ।

नेपाली बैंकिङ्ग क्षेत्रमा अग्रपंक्तिमा रहेको कुमारी बैंक लिमिटेडको ‘क्यास व्याक अफर’ योजनाले महान चाड दसैंको हर्षोल्लासलाई थप अभिवृद्धि गर्ने छ ।

यस योजनामा पनि कार्ड तथा मोबाइल बैंकिङ्ग मार्फत भुक्तानि कारोबार गर्दा हरेक दिन पहिलो ५०/५० जनालाई बैंकद्वारा २५% अधिकतम ५०१ रुपैंया सम्म क्यास व्याक दिइने छ । क्यास व्याक रकम एइक्, त्तच् एबथmभलत तथा यलष्लिभ उबथmभलत बाट गरीने कारोबारमा प्रदान गरिनेछ ।

चाडबाडको यस अवसरमा कुमारी बैंक लिमिटेडले नेपाली समुदायको खुसीमा साथ दिन आफ्नो अटल प्रतिबद्धता स्वरुप उपरोक्त सुविधाहरु आगामी कातिक ६ देखि कातिक ११ गते सम्मका लागि समेत निरन्तर रहने जनाएको छ ।

साथै, कुमारी बैंक लिमिटेडले बडा दसैं को विशेष दिन विजया दशमीका दिन आफ्ना ग्राहकहरुलाई थप आकर्षक सुविधा सहित ‘क्यास व्याक अफर’ सँगै ‘बडा दसैं दक्षिणा’ योजना समेत सार्वजनिक गरेको छ ।

यस योजनामा कात्तिक ७ गते विजया दशमीका दिन मोबाइल बैंकिङ्ग मार्फत रकम स्थानान्तरण कारोबार गर्दा नदोहोरिने गरी पहिलोे १४०० जना ग्राहकहरुलाई बैंकद्वारा ५० क्यास व्याक दिइने जनाएको छ । क्यास व्याक का लागि योग्य हुन न्युनतम कारोबार रु १०० हुनुपर्नेछ ।

माथि उल्लेखित दुवै अफर हरु विहान ८ बजे देखि राति ११: ५९ बजे सम्म गरीएका कारोबारमा लागु हुनेछ ।

कुमारी बैंकले देशभर रहेका ३०८ शाखा (प्रधान कार्यालय बाहेक), ४८ वटा विस्तारित काउन्टर, ३०९ एटिएम र ६४ शाखारहित बैंकिङ्ग एकाइहरू सहितको आफ्नो बृहत सञ्जाल सहित बैंकिङ प्रक्रियालाई सरलीकरण, पहुँच अभिवृद्धि र ग्राहक सेवामा उत्कृष्टता ल्याउने प्रतिबद्धतालाई जनाएको छ ।


क्लिकमान्डु