सानिमा बैंकको लाभांश पारित
काठमाडौं । सानिमा बैंकको १९औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । बिहीबार सम्पन्न साधारण सभाले बैंकले प्रस्ताव गरेको लाभांश पारित भएको छ ।
बैंकले गत आवको नाफाबाट ९ प्रतिशत बोनस सेयर र कर सहित ५.७० प्रतिशत नगद लाभांश दिने प्रस्ताव पारित गरेको छ ।
बैंकले गत आर्थिक बर्ष २०७९/८० मा २ अर्ब ६१ करोड नाफा आर्जन गरेको थियो । बैंकको कुल सम्पत्ति २ खर्ब १५ अर्ब ६४ करोड रुपैयाँ, कुल निक्षेप १ खर्ब ७८ अर्ब ८५ करोड तथा खुद कर्जा सापटी १ खर्ब ४९ अर्ब ८७ करोड रुपैयाँ रहेको छ ।
असार मसान्त २०८० बैंकको निष्क्रिय कर्जा १.३१ प्रतिशत, पुँजीकोष १४.४२ प्रतिशत, तरलता ३०.०१ प्रतिशत, कर्जा निक्षेप अनुपात (मासिक औसत) ७९ प्रतिशत रहेको छ ।