दसैंअघि ११ करोडको सेयर बिक्री गरेर बाहिरिए नबिल र प्रभु बैंकका संस्थापक सेयरधनी
काठमाडौं । दसैंअघि दुईवटा बैंकका संस्थापक सेयरधनी सेयर बिक्री गरेर बजारबाट बाहिरिएका छन् ।
बिहीबारको कारोबारमा प्रभु बैंक र नबिल बैंकका संस्थापक सेयरधनीले सेयर बिक्री गरेका छन् । जसमध्ये नबिल बैंकका सेयरधनीले बढी सेयर बिक्री गरेका छन् ।
नबिल र प्रभु बैंकका सेयरधनीले ६ लाख ७७ हजार २०० कित्ता सेयर ११ करोड ५ लाख ३७ हजार ६०० रुपैयाँको सेयर बिक्री गरेका हुन् ।
नबिल बैंकका संस्थापकले ३८ नम्बर ब्रोकरबाट २ लाख कित्ता सेयर प्रतिकित्ता २९५ रुपैयाँका दरले बिक्री गरेका छन् । ५ करोड ९० लाख रुपैयाँको उक्त सेयर १७ नम्बर ब्रोकरबाट खरिद भएको छ ।
यस्तै प्रभु बैंकका संस्थापकले १० नम्बर ब्रोकरबाट ४ लाख ७७ हजार २०० कित्ता सेयर प्रतिकित्ता १०८ रुपैयाँका दरले बिक्री गरेका छन् । ५ करोड १५ लाख ३७ हजार ६०० रुपैयाँको उक्त सेयर ४४ नम्बर ब्रोकरबाट खरिद भएको छ ।