कामना सेवा र नेपाल पेमेन्ट सोलुसनबीच रकमान्तर सेवा सम्झौता, १ रुपैयाँ सेवा शुल्क
काठमाडौं । कामना सेवा विकास बैंक र भुक्तानी प्रणाली सेवाप्रदायक नेपाल पेमेन्ट सोलुसनबीच अन्तरबैंक रकमान्तरसम्बन्धी सम्झौता भएको छ ।
सम्झौतासँगै बैंक र नेपाल पेमेन्ट सोलुसनले नयाँ योजनाको सुरुवात गरेका छन् । सम्झौताबमोजिम कामना सेवा विकास बैंकका मोबाइल बैंकिङ प्रयोगकर्ताले आफ्नो मोबाइल बैंकिङ एपमा रहेको इन्स्टा फन्ड ट्रान्सफरमार्फत अन्य बैंक तथा वित्तीय संस्थाको खातामा रकम रकमान्तर गर्दा सेवा शुल्कबापत मात्र १ रुपैयाँ लाग्नेछ ।
यो योजना २०८० कात्तिक १ देखि पुस मसान्तसम्म लागु हुने बैंकले जनाएको छ । नेपाल पेमेन्ट सोलुसनले नेपाल राष्ट्र बैंकबाट स्वीकृती लिई भुक्तानी सेवाप्रदायकको रुपमा सेवा प्रदान गरिरहेको छ ।
बैंकले हाल देशभर विभिन्न स्थानमा रहेका १३५ वटा सञ्जाल, ७७ एटीएम काउन्टर तथा अन्य शाखारहित बैंकिङ सञ्जालमार्फत आफ्नो अत्याधुनिक बैंकिङ सेवा प्रदान गर्दै आएको छ ।