सुनको मूल्यले तोड्यो रेकर्ड, अहिलेसम्मकै महँगो



काठमाडौं । सुनको मूल्यले विगतको रेकर्ड तोडेको छ ।

गत साउनमा हालसम्मकै उच्च मूल्य कायम भई नयाँ रेकर्ड राखेको थियो । साउनको ४ ते छापावाला सुनको मूल्य प्रतितोला १ लाख १३ हजार ६ सय रुपैयाँ कायम भई नयाँ रकेर्ड कायम भएको थियो ।

उक्त रेकर्डलाई ब्रेक गर्दै बिहीबार सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघअनुसार बिहीबार छापावाला सुनको मूल्य प्रतितोला १ लाख १३ हजार ७ सय रुपैयाँ कायम भएको छ ।

त्यस्तै, बिहीबार तेजावी सुनको मूल्य प्रतितोला १ लाख १३ हजार १५० रुपैयाँ कायम भएको छ ।

साथै, बिहीबार चाँदीको मूल्य प्रतितोला १५ रुपैयाँले घटेर १३ सय ९५ रुपैयाँ कायम भएको छ । बुधबार चाँदीको मूल्य प्रतितोला १४ सय १० रुपैयाँ कायम भएको थियो ।


क्लिकमान्डु