एनएमबि बैंकद्वारा २० मिलियन अमेरिकी डलर ऋण प्राप्त



काठमाडौं । एनएमबि बैंक लिमिटेडले हरित वित्त प्रवर्द्धन र साना तथा मझौला उद्यमलाई टेवा पुर्याउने उद्देश्यले अन्तर्राष्ट्रिय साझेदार डच इन्ट्रिप्रेनिरियल डेभलपमेन्ट बैंक (एफएमओ) बाट २० मिलियन अमेरिकी डलर बराबरको ऋण प्राप्त गरेको छ ।

बैंक र एफएमओ बीचको यस साझेदारीमा एफएमओबाट एनएमबि बैंकलाई १५ मिलियन अमेरिकी डलर ग्रीन इनिसिएटिभमा केन्द्रित रही वित्तीय कारोबार गर्नका लागि प्राप्त गरिएको र बाँकी रकम एमएसएमई विकाश र प्रबर्धनका लागि प्राप्त भएको बैंकले जनाएको छ ।

एनएमबि बैंकले हाल देशभरी २०१ शाखाहरु र १२ एक्सटेन्सन काउन्टरहरु मार्फत उच्चस्तरीय सेवा प्रदान गदै आइरहेको छ ।


क्लिकमान्डु