दुई महिनामा बैंकहरुले कमाए १६ अर्ब ६४ करोड नाफा, ग्लोबल पहिलो, नबिल दोस्रो



काठमाडौं । सञ्चालमा रहेका वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको दुई महिनामा १६ अर्ब ६४ करोड ८६ लाख रुपैयाँ नाफा आर्जन गरेका छन् ।

नेपाल राष्ट्र बैंककाअनुसार भदौ मसान्तसम्ममा २० वटा बैंकले १६ अर्ब ६४ करोड ८६ लाख रुपैयाँ नाफा कमाएका हुन् । भदौमा धेरै नाफा कमाउने बैंकमा ग्लोबल आइएमई रहेको छ । यो पटक ग्लोबले नबिल बैंकलाई नाफा आर्जनमा उछिनेर नाफा धेरै कमाउने पहिलो बैंक बनेको छ ।

राष्ट्र बैंकका अनुसार अर्ब बढी नाफा कमाउने बैंक ५ वटा रहेका छन् । बाँकी १५ बैंकको नाफा अर्बभन्दा कम रहेको छ ।
नाफा धेरै कमाउने दोस्रो र तेस्रो बैंकमा क्रमशः नबिल र नेपाल इन्भेष्टमेन्ट मेगा बैंक रहेका छन् । भदौसम्म ग्लोबल आइएमई बैंकले १ अर्ब ७५ करोड ५८ लाख रुपैयाँ नाफा कमाएको छ । नाफा कमाउने दोस्रो नम्बरका रहेको नबिल बैंकको १ अर्ब ५६ करोड ४५ लाख रुपैयाँ रहेको छ ।

यस्तै नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले दुई महिनामा १ अर्ब ४८ करोड ६५ लाख रुपैयाँ नाफा कमाएको छ भने हिमालयन बैंकले १ अर्ब २३ करोड २४ लाख, कुमारी बैंकले १ अर्ब १४ करोड ५३ लाख रुपैयाँ नाफा कमाएको छ ।

राष्ट्र बैंककाअनुसार भदौ महिनासम्मका सबैभन्दा कम नाफा कमाउनेमा नेपाल एसबीआई बैंक रहेको छ । बैंकले दुई महिनाको अवधिमा २७ करोड २९ लाख रुपैयाँ नाफा कमाएको छ ।

राष्ट्रिय वाणिज्य बैंकले दुई महिनामा ८७ करोड, प्राइम बैंकले ८३ करोड ६५ लाख, लक्ष्मी सनराइज बैंकले ८१ करोड ४० लाख, एनआईसी एसिया बैंकले ८० करोड, एनएमबि बैंकले ७६ करोड ७० लाख, एभरेष्ट बैंकले ७१ करोड २५ लाख, नेपाल बैंकले ७० करोड ७१ लाख रुपैयाँ नाफा आर्जन गरेका छन् ।

यस्तै प्रभु बैंकले चालु आवको दुई महिनामा ६६ करोड ४१ लाख, कृषि विकास बैंकले ६१ करोड ५६ लाख, सिद्धार्थ बैंकले ५८ करोड ६५ लाख, सानिमा बैंकले ५१ करोड २० लाख, स्टयान्डर्ड चार्टर्ड बैंकले ४८ करोड ४५ लाख, सिटिजन्स बैंकले ४४ करोड ३१ लाख, माछापुच्छ्रे बैंकले ३७ करोड ६३ रुपैयाँ नाफा कमाएका छन् ।


क्लिकमान्डु