दसैंका लागि वाणिज्य बैंकका यी शाखाबाट साँटन सकिन्छ नयाँ नोट



काठमाडौं । राष्ट्र बैंकले दसैंका लागि सर्वसाधारणका लागि सोमबारदेखि नयाँ नोट दिन थालेको छ । नयाँ नोट लिन चाहनेले राष्ट्र बैंक मात्रै नभएर वाणिज्य बैंकहरुबाट पनि लिन सकिने छ ।

प्राय सबै वाणिज्य बैंकले सर्वसाधारणका लागि नयाँ नोट सटही सुविधा दिने गरेका छन् । बैंकको नाट साटन जानेले प्रति व्यक्ति १८ हजार ५०० रुपैयाँका दरले साटन पाउनेछन् । वाणिज्य बैंकहरुका पनि सबै शाखाबाट नोट पाउन सकिँदैन । बैंकहरुले नयाँ नोट साटन निश्चित शाखा नै तोकेका छन् ।

प्राय जसो बैंकहरुले बिहान ११ बजेदेखि ३ बजेसम्म र केही बैंकहरुले १० बजेदेखि ४ बजेसम्म नै नयाँ नोट साटन सकिने जनाएका छन् । यस्तै शुक्रबार ११ बजेदेखि १ बजेसम्म नयाँ नोट साटन सकिने छ ।

कृषि विकास
कृषि विकास बैंकको कोटेश्वर, कलंकी, चाबहिल, कित्तिपुर, मैतीदेवी महाराजगञ्ज र भक्तपुर शाखाबाट नयाँ नोट साटन सकिने जनाएको छ ।

राष्ट्रिय वाणिज्य बैंक
राष्ट्रिय वाणिज्य बैंकको महाराजगञ्ज, बानेश्वर, टेकु, सुर्यविनायक र ललितपुर शाखाबाट नयाँ नोट साटन सकिने छ । यो नोट कात्तिक ३ गते सम्म साटन सकिने छ ।

सिटिजन्स बैंंक
सिटिजन्स बैकको दरबारमार्ग, कलंकी, न्यूरोड, मैतीदेवी, थापाथली, कमलादी, नयाँ बानेश्वर, सामाखुसी, धुम्बाराही, बौद्ध, कीर्तिपुर, ललितपुरको थसिखेल, भैसेपाटी तथा भक्तपुरको ठिमी र सूर्यविनायक शाखा कार्यालयबाट नयाँ नोट साट्न सकिने छ ।

नबिल बैंक
बैंकको लाजिम्पाट, बौद्ध, ललितपुरको मंगलबजार र भक्तपुरको कमलबिनायक शाखा बाट नयाँ नोट साटन सकिने छ ।

एनएमबि बैंक
बैंकको कान्तिपथ, सीतापाइला, चाबहिल, बसुन्धारा र बागदरबार तथा भक्तपुरको सूर्यविनायक शाखाबाट नयाँ नोट साटन सकिने छ ।

एनआईसी एशिया बैंक
बैंकको थापाथली, धापासी, भैँसेपाटी र व्यासी विस्तारित काउन्टरबाट नयाँ नोट साटन सकिने छ ।

ग्लोबल आइएमई बैंक
बैंकको कान्तिपथ, कमलादी, धापासी, ललितपुरको पुल्चोक, भक्तपुरको सूर्यविनायक शाखा कार्यालयबाट नयाँ नोट साटन सकिने छ ।

माछापुच्छ्रे बैंक
बैंकको जाजिम्पाट, ललितपुरको पुल्चोक र भक्तपुरको कौशलटार शाखाबाट नयाँ नोट साटन सकिने छ ।

प्रभु बैंक
बैंकको नयाँ बानेश्वर, स्वयम्भु, ललितपुरको कुमारी पाटी र भैसेपाटी तथा भक्तपुरको ठिमी शाखाबाट नयाँ नोट साटन सकिने छ ।

सानिमा बैंक
बैंकको काठमाडौं उपत्यकाका सबै शाखा कार्यालय र बनेपा तथा नौबिसे शाखाबाट नयाँ नोट साटन सकिने छ ।

सिद्धार्थ बैंक
बैंकको हात्तीसार, बौद्ध, ललितपुरको जावलाखेल र भक्तपुरको गठ्ठाघर शाखा कार्यालयबाट नयाँ नोट साटन सकिने छ ।

लक्ष्मी सनराइज बैंक
बैंकको हात्तीसार, गैह्रिधारा, गौशाला, न्यूरोड, कालिमाटी, कालिकास्थान, पुतलीसडक, ललितपुरको पुल्चोक र भक्तपुर शाखाबाट नयाँ नोट साटन सकिने छ ।

कुमारी बैंक
बैंकको पुतलीसडक, पेप्सीकोला, बागबजार, महाराजगञ्ज, टेकु, नयाँ बानेश्वर चाबहिल, ललितपुरको कुमारीपाटी र भक्तपुरको सूर्यबिनायक शाखाबाट नयाँ नोट साटन सकिने छ ।

हिमालयन बैंक
बैंकको ठमेल, सीटीसी शाखा र ललितपुरको पाटन शाखाबाट नयाँ नोट साटन सकिने छ ।

प्राइम कमर्सियल बैंक
बैंकको कमलपोखरी, सामाखुसी, कालिममाटी, ललितपुरको पुलचोक र भक्तपुरको सूर्यबिनायक शाखा कार्यालयबाट नयाँ नोट साटन सकिने छ ।


क्लिकमान्डु