विकास बैंकले कात्तिकमा घटाए ब्याज, कुनको कति ?



काठमाडौं । विकास बैंकहरुले कात्तिक महिनामा ब्याज घटाएका छन् ।

कात्तिक १ गतेदेखि लागु हुनेगरी सार्वजनिक गरेको व्यक्तिगत मुद्दति निक्षेपको ब्याजदर असोजको तुलनामा सबै बैंकले घटाएका छन् ।

विकास बैंकले व्यक्तिगत मुद्दति निक्षेपमा अधिकतममा १०.२५ प्रतिशत र संस्थागतमा ८.२५ प्रतिशत ब्याजदर दिने भएको छ । असोजमा विकास बैंकले व्यक्तिगत मुद्दति निक्षेपमा अधिकतममा ११ प्रतिशत र संस्थागतमा ९ प्रतिशत ब्याज दिएका थिए ।

गरिमा विकास बैंकले कात्तिकमा व्यक्तिगत मुद्दति निक्षेपमा १०.२५ प्रतिशत ब्याज दिने भएको छ । असोजमा ११ प्रतिशत ब्याज दिएको थियो । यस्तै ज्योति विकास बैंकले कात्तिकमा व्यक्तिगत मुद्दति निक्षेपमा १०.२५ प्रतिशत दिने भएको छ । असोजमा ११ प्रतिशत रहेको थियो । कामना सेवा विकास बैंकले असोजमा व्यक्तिगत मुद्दति निक्षेपमा १०.२५ प्रतिशत ब्याज दिने भएको छ । कात्तिकमा ११ प्रतिशत रहेको थियो ।

लुम्बिनी विकास बैंकले कात्तिकमा व्यक्तिगत मुद्दति निक्षेपमा १०.२५ प्रतिशत ब्याज दिने भएको छ । असोजमा १२ प्रतिशत रहेको थियो । यस्तै महालक्ष्मी विकास बैंकले कात्तिकमा व्यक्तिगत मुद्दति निक्षेपमा १०.२५ प्रतिशत ब्याज दिने भएको छ ।असोजमा ११ प्रतिशत रहेको थियो ।

यस्तै मुक्तिनाथ विकास बैंकले कात्तिकमा व्यक्तिगत मुद्दति निक्षेपमा १०.२५ प्रतिशत ब्याज दिने भएको छ । असोजमा ११ प्रतिशत ब्याज रहेको थियो भने सांग्रिला डेभलपमेन्ट बैंकले कात्तिकमा व्यक्तिगत मुद्दति निक्षेपमा १०.२५ प्रतिशत ब्याज दिने भएको छ । असोजमा ११ प्रतिशत रहेको थियो ।


क्लिकमान्डु