१ अर्ब २० करोड पुनरकर्जा लगानी



काठमाडौं । नेपाल राष्ट्र बैंकले सहुलियत दरमा प्रदान गर्दै आएको पुनरकर्जा भदौ मसान्तमा १ अर्ब २० करोड लगानीमा रहेको छ ।

भदौ मसान्तमा १ लाख ४४ हजार ७ सय ५८ ऋणीलाई प्रवाह भएको १ खर्ब ९५ अर्ब ६२ करोड सहुलियतपूर्ण कर्जा बक्यौता रहेको छ ।

यसमध्ये कृषि तथा पशुपंक्षी व्यवसाय कर्जा अन्तर्गत ५९ हजार ७ सय ८० ऋणीलाई प्रवाह भएको १ खर्ब ३६ अर्ब ३ करोड कर्जा बक्यौता रहेको छ ।

महिला उद्यमशील कर्जा अन्तर्गत ८२ हजार ३ सय २३ महिला उद्यमीलाई प्रवाह भएको ५६ अर्ब ५८ करोड कर्जा बक्यौता रहेको छ । सहुलियतपूर्ण कर्जाका अन्य शीर्षक अन्तर्गत २ हजार ६ सय ५५ ऋणीको ३ अर्ब १ करोड कर्जा बक्यौता रहेको छ ।

‘व्यावसायिक निरन्तरता कर्जा प्रवाह कार्यविधि, २०७७’ बमोजिम कोभिड–१९ प्रभावित पर्यटन र घरेलु, साना तथा मझौला उद्यम क्षेत्रको व्यवसाय निरन्तरतामा सहयोग पु¥याउन ती क्षेत्रका श्रमिक तथा कर्मचारीको पारिश्रमिक भुक्तानीका लागि प्रवाह भएको कर्जा २०८० भदौ मसान्तमा ५८ करोड ४५ लाख बक्यौता रहेको छ ।


क्लिकमान्डु