कात्तिकमा घटाए अधिकांश बैंकले ब्याज, कसको कति ?



काठमाडौं । कात्तिकमा अधिकांश वाणिज्य बैंकले ब्याजदर घटाएका छन् । वित्तीय प्रणालीमा तरलता सहज हुँदै गएपछि बैंकहरुले ब्याजदर घटाएका हुन् ।

सञ्चालनमा रहेका २० वाणिज्य बैंकमध्ये १४ बैंकले कात्तिकका लागि व्यक्तिगत मुद्दती निक्षेपको ब्याज घटाएका छन् भने दुई वटा बैंकले बढाएका छन् । चारवटा बैंकको ब्याजदर स्थिर छ ।

सबैभन्दा बढी ब्याजदर एभरेष्ट बैंकले घटाएको छ । बैंकले असोजमा भन्दा कात्तिकमा १.८३ प्रतिशत विन्दुले ब्याज घटाएको हो । त्यस्तै प्राइम कमर्सियल बैंकले १.११ प्रतिशत विन्दुले, नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले १.०२ प्रतिशतले र नविल बैंकले असोजमा भन्दा १.०३ प्रतिशत विन्दुले ब्याज घटाएका छन् ।

साउनमा कर्जाको माग ठप्प भए पनि भदौ लागेपछि केही बढेको छ । भदौ र असोजमा करिब १ खर्ब कर्जा प्रवाह भएको राष्ट्र बैंकले जनाएको छ । तर, यो अवधिमा वित्तीय प्रणालीमा २ खर्ब ७३ अर्ब थपिएको छ । त्यसमध्ये करिब ६० अर्ब रकम स्थानीय तहको हो । अन्तरबैंक ब्याजदर अहिले २ प्रतिशतभन्दा तल छ ।


क्लिकमान्डु