एभरेष्ट बैंकले घटायो सर्वाधिक ब्याजदर, सस्तिने भयो ऋणको ब्याज



काठमाडौं । एभरेष्ट बैंकले सबैभन्दा बढी ब्याज घटाएको छ । बैंकले कात्तिकका लागि सार्वजनिक गरेको सूचनाअनुसार सबै वाणिज्य बैंकहरुभन्दा धेरै ब्याज घटाएको हो ।

बैंकले तीन महिना र त्योभन्दा माथिको व्यक्तिगत मुद्दती निक्षेपमा असोजका लागि सर्वाधिक ११.०५ प्रतिशत ब्याजदर तोकेको थियो । कात्तिकका लागि बैंकले १.८२६ प्रतिशत विन्दुले घटाएर ९.२२४ प्रतिशत ब्याज निर्धारण गरेको हो ।

बैंकले ६ महिना र सोभन्दा माथिको संस्थागत मुद्दती निक्षेपका लागि कात्तिकमा बैंकले ७.२२४ प्रतिशत ब्याज तोकेको छ । असारमा भद्र सहमति तोडेपछि बैंकहरुले आफूखुसी ब्याजदर निर्धारण गर्दै आएका छन् ।


क्लिकमान्डु