एभरेष्ट बैंकको साधारण सभा आज, लाभांश पारित गर्ने



काठमाडौं । एभरेष्ट बैंकले आज वार्षिक साधारण सभा बोलाएको छ । सभामा बैंकले प्रस्ताव गरेको लाभांश पारित गर्ने योजना रहेको छ ।

बैंकले गत आर्थिक वर्षको नाफाबाट १० प्रतिशत बोनस सेयर र कर प्रयोजनसहित १०.५३ प्रतिशत नगद सहित २०.५३ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । यो प्रस्ताव सभाले पारित गरेपछि सेयरधनीले पाउनेछन् ।

यस्तै सभामा प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने प्रस्ताव लगिने भएको छ । गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन, नाफा–नोक्सान हिसाब, नगद प्रवाहलगायत विवरणमा छलफल गरी पारित गर्नेछ ।

यता चालु आर्थिक वर्षका लागि लेखापरीक्षकको नियुक्ति गर्ने र संस्थापक समूहबाट सञ्चालक समितिमा नियुक्त भएका सञ्चालकको नियुक्ति अनुमोदन गर्नेछ ।

साधारण सभाका लागि भन्दै असोज १६ गते बुक क्लोज गरिएको छ । असोज १५ गतेसम्म कायम रहेका सेयरधनीले बैंकले तोकेको लाभांश पाउनेछन् ।


क्लिकमान्डु