दसैंतिहार लक्षित योजनाले माइडिया ब्रान्डका सामग्रीको व्यापारमा ३० प्रतिशत वृद्धि



काठमाडौं । लामो इतिहास रहेको माइडिया ब्रान्डले नेपालीहरुको महान् चाड लक्षित गर्दै विभिन्न योजना ल्याएको छ । माइडियाका सामग्री किन्दा पक्का उपहार पाउनेदेखि बिक्रीमा पनि वृद्धि हुने अपेक्षा राखिएको हो । हाल बजारमा उक्त ब्रान्डका सामग्रीको बिक्री बढिरहेको र नियमित रुपमा भइरहेको व्यापारभन्दा ३० प्रतिशतसम्म वृद्धि देखिएको छ ।

नेपालका लागि सिजी इलेक्ट्रोनिक्सले बिक्री गरिरहेका माइडिया ब्रान्डका सामग्रीको बिक्री चाडबाडका बीच बढ्ने अपेक्षा गरिएको हो । चाडबाड लक्षित गरिएको योजना तथा उपभोक्ताको खर्च गर्ने प्रवृत्तिमा पनि वृद्धि भएका कारण यो वृद्धि देखिएको छ । उपभोक्ताहरुले दसैंतिहारकै समयमा विभिन्न सामान खरिद गर्ने भएकाले पनि कम्पनीको विक्रीमा वृद्धि भएको छ ।

सिजी इलेक्ट्रोनिक्सअन्तर्गत माइडिया ब्रान्डको सेल्स विभागतर्फका सिनियर म्यानेजर जगदिश चन्दका अनुसार चाडबाड लक्षित योजना सुरु भएयता कम्पनीका सामग्रीको बिक्रीमा २५ देखि ३० प्रतिशतसम्मको वृद्धि हुने देखिएको छ । उनले भने, ‘माइडिया ब्रान्डका सामानमा दसैंतिहार लक्षित गरेर पक्का उपहार राखिएका छन् । अहिले हाम्रो बिक्रीमा २५ देखि ३० प्रतिशतसम्म वृद्धि हुने देखिएको छ ।’

उनका अनुसार अबको एक सातामा धेरै सामग्रीको बिक्री हुने भएकाले यो लक्ष्य पूरा हुन्छ । हालसम्म अफरको सुरुवात भएयता बिक्री बढ्ने देखिएको छ । सिजी इलेक्ट्रोनिक्सले सन् २०२१ देखि माइडिया ब्रान्डका सामग्री नेपालमा पनि बिक्री गर्न थालेको हो ।

झन्डै ७ दशक पुरानो यो कम्पनी सन् १९९८ मा स्थापना भएको हो । गुणस्तरीय विद्युतीय सामग्रीका कारण चर्चित रहेको कम्पनीका सामान नेपालमा भने सन् २०२१ बाट बिक्री हुन थालेको हो । सिजी इलेक्ट्रोनिक्सले त्यसबेला वासिङ मेसिनबाट माइडियाका सामान बिक्री सुरु गरेको थियो ।

दसैं र तिहारलाई लक्षित गरी भदौ २८ देखि माइडिया ब्रान्डका सामग्री किन्दा विभिन्न उपहार योजना ल्याइएको थियो । यो योजना छठसम्म रहने उनले बताए ।

नेपालमा माइडिया ब्रान्डका विभिन्न होम अप्लायन्सहरु बिक्री हुने गरेका छन् । वासिङ मेसिन, रेफ्रिजिरेटर, माइक्रोवेभ ओभन, चेस्ट फ्रायर, एयर फ्रायरलगायतका सामग्री बिक्री हुने गरेको चन्दले बताए । यीमध्ये हाल सबैभन्दा धेरै भने एयर फ्रायरको बिक्री हुने गरेको छ ।

‘हाम्रो सबैभन्दा धेरै बिक्री हुने सामानमा एयर फ्रायर रहेको छ । सस्तो मूल्यमा पनि गुणस्तरिय लक्जरी सामान भएकाले हेल्थ कन्सियस मान्छेले पनि यो सामान किन्नुहुन्छ । तेलको प्रयोग बिना नै वा थोरै प्रयोगमा पकाउन मिल्ने भएकाले यसलाई धेरैले रुचाउनुभएको छ,’ उनले भने । उनका अनुसार गत महिना भएको कुल बिक्रीमध्ये २० प्रतिशत एयर फ्रायर छ ।

सिजी इलेक्ट्रोकिन्सले माइडिया ब्रान्डका सामग्रीमा दसैंतिहार लक्षित गरेर पक्का उपहार योजनाहरु ल्याएको छ । चन्दका अनुसार विभिन्न सामग्री किन्दा सोहीअनुसारका विभिन्न पुरस्कार छन् । माइडियाको मल्टिडोर रेफ्रिजिरेटर किन्दा २ हजार वाटको इन्डक्सन चुलो पक्का उपहार छ ।

त्यस्तै, डबल डोर रेफ्रिजिरेटरमा आइरन उपहार छ । त्यस्तै, वासिङ मेसिनमा सय सिरिजका ६ देखि ८ किलोमा सर्फ उपहार छ भने ८ देखि १० सम्मको दुई सय सिरिजमा १६ सय वाटको स्काई १६०९ मोडलको माइडियाकै वासिङ मेसिन उपहारमा छ ।

‘मार्केटमा अहिलेको अवस्था हेर्दा हाम्रो व्यापारमा वृद्धि देखिएको छ,’ चन्दले भने, ‘ग्राहकको विश्वास भएका कारण पक्का उपहार योजनाले पनि धेरैलाई आकर्षित गरेको छ । त्यससँगै अब घठस्थापनादेखि नवमीसम्ममा हामीले नियमितभन्दा ३० प्रतिशतसम्म ग्रोथ हुने देखेका छौं ।’

माइडियाका सामग्रीमा गत वर्षको दसैंतिहारभनदा यो वर्ष ७० देखि ८० प्रतिशत धेरै व्यापार भएको चन्दले बताए । बजारमा मन्दी तथा अर्थतन्त्रमा संकुचन भएको अवस्थामा पनि लक्जरी प्रोडक्ट तथा गुणस्तरीय सामान भएका कारण व्यापार बढेको उनको दाबी छ ।


क्लिकमान्डु