चाडबाडमा थरी थरीका अफरः इन्टरनेट सेवा प्रदायकदेखि टुरसम्ममा कस्ता छन् प्याकेज ?



काठमाडौं । दसैं आजबाट सुरु भएको छ भने तिहार तथा छठ पर्व संघारमा छन् । हिन्दूधर्मावलम्मीहरुले वर्षभरिकै ठूलो चाडमा रुपमा मनाउने दसैंलाई सामाजिक रुपमा मात्रै होइन, व्यापारिक रुपमा पनि उत्तिकै महत्वपूर्ण मानिन्छ । बजारदेखि अनलाइन माध्यमबाट हुने व्यवसायहरुमा पनि दसैं लक्षित योजना तथा विभिन्न अफरहरु राखिन्छन् ।

यो वर्ष पनि विभिन्न व्यवसाय तथा क्षेत्रहरुमा यस्तै किसिमका अफरहरु राखिएका छन् । इन्टरनेट सेवा प्रदायकले दुबईमा भ्याकेसनसम्मको पुरस्कार पाउने योजनादेखि डिजिटल वालेट प्रयोग गर्दा १ लाख रुपैयाँसम्म पुरस्कार पाउनसक्ने जस्ता अफरहरु यो दसैंमा विभिन्न सेवा प्रदायकहरुले ल्याएका छन् ।

इन्टरनेट सेवा प्रदायकका प्याकेजः बम्परमा दुबई भ्रमणदेखि सेवामा छुटसम्म

नेपालका ठूला इन्टरनेट सेवा प्रदायकहरुले यो वर्षका लागि विभिन्न अफरहरु अघि ल्याएका छन् । भायनेट प्रा.लिले चाडमा चौका अफर ल्याएको छ । भायनेटकाअनुसार यो योजनाअनुसार इन्टरनेटसँग चार गुणासम्म छुट पाउने अफर रहेको छ ।

जसअन्तर्गत १२५ एमबिपिएस इन्टरनेट जडान गर्न ८ हजार ४ सय रुपैयाँ प्रति वर्षको लागत लाग्ने कम्पनीले जनाएको छ ।
त्यस्तै, तीन महिना वा एक वर्षका लागि भायनेटको सब्सक्रिप्सन लिँदा हिमस्टार ब्राण्डका टेलिभिजन र अल्टिमा ब्राण्डका ईयरबड्समा ५० प्रतिशतसम्म छुटको योजना पनि भायनेटले ल्याएको छ । त्यस्तै, हिमस्टार क्राण्डका फ्रिजमा २९ प्रतिशतसम्म, वासिंग मेसिनमा २९ प्रतिशतसम्म छुट पाइने योजना रहेको कम्पनीले जनाएको छ ।

त्यस्तै, अर्को इन्टरनेट सेवा प्रदायक कम्पनी वल्र्डलिंकले यो वर्षको दसैंका लागि दुवईमा भ्याकेसन जित्न सकिने अफर ल्याएको छ । चार रात र पाँच दिनको प्याकेजमा २४ जोडीहरुले यो अफर जित्न सक्नेछन् । यो अफर खल्ती र वल्र्डलिंकबीचको सहकार्यमा ल्याईउको हो । योजनामा भाग लागि वल्र्डलिंकको ३ महिनाको प्याकेज लिँदा २ भौचर र १२ महिनाको प्याकेज लिँदा ५ वटा भौचर पाइने कम्पनीले जनाएको छ । वल्र्डलिंकको प्याकेज भने खल्ती ईवालेटबाटै लिनुपर्नेछ ।

त्यस्तै, क्लासिक टेकले पनि यो दसैंका लागि अफर ल्याएको छ । १२५ एमबीपिएसको सब्सक्रिप्सन जडान गर्दा ८ हजार ४ सय शूलक लाग्नेदेखि स्मार्ट सेटअप बक्स निशूल्कमा दिने तथा भिडियोकोनको टेलिभिजन, नुब्ला नियोको फोन र हनर एक्सफाइभको इयर बड किन्दा त्यसमा समेत छुट पाईने योजना क्लासिक टेकले ल्याएको छ ।

करोडपति बन्नेदेखि ‘स्टेकेसन’का योजना

रेमिट्यान्स सेवा प्रदायक आईएमईले यो वर्षको चाडबाडका लागि करोडपति बन्ने अफर ल्याएको छ ।

विदेशबाट पठाएको रकम आईएमईको डिजिटल वालेट आईएमई पे, आईएमई काउन्टर वा बैंक खातामार्फत प्राप्त गर्दा करोड पति बन्न सकिने योजना कम्पनीले ल्याएको हो । त्यस्तै, आईएमई पेमा रकम पठाउँदा हरेक महिना रु एक लाख पुरस्कार पाउने योजना पनि रहेको छ । साथै कम्पनीले दसैं, तिहार र छठका लागि आकर्षक उपहारहरु पनि राखेको जनाएको छ ।

त्यस्तै, श्री एयरलाईन्सले दसैंका लागि उडु उडु लाग्न अफर ल्याएको छ । यो अफरक अन्तर्गत फ्लाईट टिकटको भुक्तानी कनेक्ट आईपिएसबाट गर्दा हरेक हप्ता भाग्यशाली २ सय जनालाई २ सय रुपैयाँ क्यासब्याक र भाग्यशाली तीन जनालाई स्टेकेसनको पुरस्कार दिईनेछ । स्टेकेसनमा भने भाग्यशाली तीन जनालाई घुमाउनका लागि लगिने श्रीले जनाएको छ ।

त्यस्तै, ल्यापटपदेखि कम्प्युटर किन्ने विषयमा पनि विभिन्न कम्पनीहरुले दसैंका लागि अफर ल्याएका छन् । पुतलीसडकस्थित मुदिता स्टोरले दसैं तिहार लक्षित गरेर विभिन्न ब्राण्डका ल्यापटप तथा सामानमा ३० प्रतिशतसम्म छुटको सुविधा दिएको छ । त्यस्तै, आफूहरुबाट ल्यापटप तथा अन्य ग्याजेटहरु किन्नेमध्ये दुई जनालाई बम्पर प्राईजमा माउन्टेन फ्लाइटको टिकट, पिंगपंग गिफ्टबल खेलमार्फत हरेक ल्यापटपको खरिदमा हात खाली नजाने उपहार जस्ता योजनाहरु अघि ल्याएको छ ।

गाडी तथा बाइकमा पनि अफरै अफर

दसैं तिहार लक्षित भएर नेपालका विभिन्न ब्राण्डका गाडीहरुको बिक्री गर्ने बिक्रेताहरुले पनि अफर ल्याएका छन् ।
फोटोन ब्राण्डका गाडीहरु नेपालमा आधिकारिक रुपमा बिक्री गर्ने एमएडडब्लु वृद्धि कमर्सियलले विभिन्न योजनाहरु ल्याएको छ । उक्त ब्राण्डका गाडीहरु खरिद गर्दा स्मार्टवाचदेखि थाईल्याण्ड तथा बाली घुम्न जान पाउने गरिका योजनाहरु ल्याईएको कम्पनीले जनाएको छ । पक्का उपहारमा स्मार्टवाच, एयरपड तथा स्पीकर रहेका छन् भने बम्पर उपहारमा १ जनालाई थाईल्याण्ड र १ जनालाई बाली भ्रमण तथा १ जनालाई स्मार्ट तटेलिभिजन, २ जनालाई रेफ्रिजिरेटर, २ जनालाई वासिंग मेसिन र ३ जनालाई मोबाईल फोन उपहार रहेको कम्पनीले जनाएको छ ।

नेपालमा आधिकारिक रुपमा बजाज ब्राण्डका मोटरबाईक बिक्री गर्ने गोल्छा ग्रुपअन्तर्गतको हंसराज हुलासचन्द कम्पनी पनि दसैंका लागि विभिन्न योजना ल्याएको छ ।

कम्पनीले यो वर्ष दसैंका लागि ‘आम्मामा २५ गुणा’ अफर ल्याएको छ । असोज २३ गतेबाट लागु भएको यो योजना आगामी २० दिनसम्म दशें अवधिभरिका लागि रहेको छ । कम्पनीकाअनुसार यो योजनाअन्तर्गत हरेक बजाज बाईकको खरिदमा २५ गुणासम्म पक्का नगद उपहार पाइनेछ । योजना अवधिभित्रमा बाइक किन्नेहरुलाई लक्की ड्र बाट विभिन्न नगद उपहार लेखिएको स्लिप निकाल्न लगाइने र निकाल्दा देखिएको पुरस्कार राशीको २५ गुणा रकम पाइने कम्पनीले जनाएको छ ।
त्यस्तै, नेपालमा हिरो मोटोकर्पको बाईक आधिकारिक रुपमा बिक्री गर्ने एनजिएम मोटर्सले पनि दसैं तिहार लक्षित गर्दै हिरो पर्वमा गर्व अफर ल्याएको छ । यो योजना अन्तर्गत दसैं, तिहार, छठको अवसरमा हिरो कम्पनीका बाईकहरु किन्दा १० हजारसम्मको पक्का क्यास उपहार, बक्पर उपहार १ लाख नगद पुरस्कार र १ लाखसम्मको स्क्राच कार्ड रहने कम्पनीले जनाएको छ ।

चौधरी ग्रुपअन्तर्गतको अटोमोबाईल कम्पनी सिजी मोटोक्रपले पनि यो वर्षको दसैंका लागि पर्वोत्सव अफर ल्याएको छ । सुकुजी ब्राण्डका गाडीहरु बिक्री गर्ने कम्पनीले यो दसैं तिहारमा सुकुजीका एसयुभीहरु किन्दा विभिन्न उपहारहरु राखेको छ । कम्पनीकाअनुसार यो योजनाअनुसार १ लाख रुपैयाँसम्मको नगद छुट, १ लाख रुपैयाँसम्मको एक्सचेन्ज बोनस र १ वर्षसम्म्को इन्सुरेन्सको सुविधा रहेको छ ।

त्यस्तै, टिभिएस ब्राण्डका बाईकहरु बिक्री गर्ने जगदम्बा मोटर्सले पनि विभिन्न योजनाहरु दसैं तिहारका लागि ल्याएको छ । हर मोडमा उमंग योजनाअन्तर्गत कम्पनीले टिभिएस ब्राण्डका गाडीहरुको खरिदमा नकिन्दै १ लाखसम्म जित्ने मौका, किन्दा ५ लाखसम्म जित्ने मौका, हरेक महिना शतप्रतिशत क्यास ब्याक र बम्पर उपहारमा १० लाख रुपैयाँ जित्ने मौका रहेको जनाएको छ।

त्यस्तै, योजनाअन्तर्गतका थप सुविधाहरुमा बाईक तथा स्टुकर साट्दा थप १० हजारसम्म भ्यालुएसन, शुन्य ब्याजमा २५ प्रतिशत डाउनपेमेन्टमै बाइक किन्न पाइने सुविधा तथा लाईफ टायम वारेन्टीहरु रहेका छन् ।


क्लिकमान्डु