यी हुन् एनआईसी एशिया बैंकका २६ जना ठूला सेयरधनी, कसको हिस्सा कति ?



काठमाडौं । एनआईसी एशिया बैंकमा २६ जना ठूला सेयरधनी रहेका छन् । बैंकमा २६ व्यक्ति तथा कम्पनीको ठूलो हिस्सा सेयर स्वामित्व रहेको छ ।

सबैभन्दा बढी सेयर स्वामित्व हुने कम्पनीमा अशोक कुमार अग्रवाल रहेका छन् । बैंकमा अग्रवालको ६.१८ प्रतिशत सेयर स्वामित्व रहेको छ । यस्तै धेरै सेयर स्वामित्व हुने दोस्रो स्थानमा त्रिलोक चन्द अग्रवाल रहेका छन् ।

अग्रवालको ५.३४ प्रतिशत सेयर स्वामित्व रहेको छ । रामचन्द्र संघईको ४.४१ प्रतिशत, सुभाष चन्द्र संघईको ४.३७ प्रतिशत, लोकमान्य गोल्छाको ३.१० प्रतिशत, अनुज अग्रवालको ३.०१ प्रतिशत, जयश्री गोल्छाको २.७४ प्रतिशत, जगदीश प्रसाद अग्रवालको २.५३ प्रतिशत विरेन्द्र कुमार संघईको २ प्रतिशत सेयर स्वामित्व रहेको छ ।

अक्षय गोल्यानको १.९४ प्रतिशत, गोविन्दलाल संघई १.९२ प्रतिशत, तुलसीराम अग्रवाल १.७८ प्रतिशत, मञ्जु अग्रवालको १.७८ प्रतिशत, संचिता अग्रवालको १.७८ प्रतिशत, निकुञ्ज अग्रवालको १.७८ प्रतिशत, नेपाल लाईफ इन्स्योरेन्सको १.१० प्रतिशत सेयर स्वामित्व रहेको छ ।

वासुदेव गोल्यानको ०.९८ प्रतिशत, उषा अग्रवालको ०.९६ प्रतिशत, निर्मल कुमार अग्रवालको ०.९० प्रतिशत, कविता संघइको ०.८५ प्रतिशत, अर्पित अग्रवालको ०.७७ प्रतिशत सेयर स्वामित्व रहेको छ ।

प्रुडेन्सियल क्यापिटल म्यानेजमेन्टको ०.७० प्रतिशत, विशाल अग्रवालको ०.६२ प्रतिशत, शक्ति कुमार गोल्यान ०.६२ प्रतिशत, अनन्त कुमार गोल्यान ०.६२ प्रतिशत र दिवाकर गोल्छाको ०.५१ प्रतिशत सेयर स्वामित्व रहेको छ ।


क्लिकमान्डु