एनआईसी एसिया बैंकको साधारणसभा आज
काठमाडौं । एनआइसी एसिया बैंकले आजका लागि बार्षिक साधारणसभा बोलाएको छ ।
बैंकले सभामा गत आर्थिक वर्षको नाफाबाट सेयरधनीलाई ३०.५२ प्रतिशत लाभांश दिने प्रस्ताव लैजाने छ । त्यो प्रस्ताव सभाले पारित गरेपछि सेयरधनीले पाउनेछन् ।
बैंकले सेयरधनीलाई २९ प्रतिशशत बोनस सेयर र कर प्रयोजनका लागि १.५२ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको छ । सभाका लागि बैंकले असोज १६ देखि २८ गतेसम्म बुक क्लोज गरेको छ ।
असोज १५ गतेसम्म कायम रहेका सेयरधनीले बैंकले तोकेको लाभांश पाउनेछन् । सभा आर्मी अफिसर्स क्लब भद्रकालीमा हुनेछ ।