एनआईसी एशिया बैंकले सीईओलाई दियो करिब ३ करोड तलब, भत्ता: लगानीकर्तालाई ३०.५२% लाभांश
काठमाडौं । एनआईसी एशिया बैंकले गत आर्थिक वर्ष २०७९/०८० मा प्रमुख कार्यकारी अधिकृत (सीईओ)लाई तलब, भत्ता लगायतका सुविधा सहित २ करोड ९८ लाख ६३ हजार ६१२ रुपैयाँ भुक्तानी गरेको छ ।
बैंकले सीईओ रोशन न्यौपानेलाई तलब, भत्ता बापत बार्षिक २ करोड ४० लाख ८८ हजार ९६६ रुपैयाँ भुक्तानी गरेको छ । बैंकले सीईओलाई कर्मचारी बोनस बापन ५५ लाख ३७ हजार ६९ रुपैयाँ, अन्य रकम १ लाख १७ हजार १३२ रुपैयाँ, अन्य सुविधा १ लाख २० हजार ४४५ रुपैयाँ भुक्तानी गरेको छ ।
बैंकले सीईओलाई एक सवारी साधन तथा सवारी चालक सहित, बीमा, कर, मर्मत संभार लगायतका खर्च बैंकले दिएको जनाएको छ । बैंकले सीईओलाई दिएको तलब बापत राज्यलाई करिब ५० प्रतिशत कर तिरेका छन् ।
बैंकले सेयरधनीलाई गत आवको नाफाबाट २९ प्रतिशत बोनस र कर प्रयोजनका लाग १.५२ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको छ । बैंकले गरेको यो प्रस्ताव आइतबार बस्ने साधारणसभाले पारित गरेपछि सेयरधनीले पाउनेछन् ।