सिटिजन्स बैंकमा ठूला २६ सेयरधनीको २७.२३ प्रतिशत स्वामित्व, कसको कति ?
काठमाडौं । सिटिजन्स बैंकमा २६ जना ठूला सेयरधनी रहेका छन् । २६ सेयरधनीको बैंकमा २७.२३ प्रतिशत सेयर हिस्सा छ । बैंकमा २६ जनाको ३ अर्ब ८६ करोड ६३ लाख ६७ हजार ५५९ रुपैयाँको ३ करोड ८६ लाख ६३ हजार ६७५ कित्ता सेयर छ ।
नागरिक लगानी कोषको सबैभन्दा बढी ३.३५ प्रतिशत अर्थात् ४७ लाख ५९ हजार १२६ कित्ता सेयर छ । यस्तै उर्मिला पाण्डेको ४६ लाख ९२ हजार ६८५ कित्ता सेयर अर्थात् ३.३० प्रतिशत छ । तारा विष्टको २ लाख ३४ हजार ५१० कित्ता अर्थात् १.६५ प्रतिशत, विजेन्द्र जोशीको २२ लाख ५३ हजार ६५५ कित्ता अर्थात् १.५९ प्रतिशत छ ।
मनोहरदास मुलको १९ लाख ४६ हजार ७७७ कित्ता अर्थात् १.३७ प्रतिशत, दिग्विजय बिष्टको १८ लाख ४६ हजार ८६३ कित्ता अर्थात् १.३० प्रतिशत, पवित्रकुमार कार्कीको १८ लाख १९ हजार ५४७ कित्ता अर्थात् १.२८ प्रतिशत, रविन्द्रमानसिंह प्रधानको १८ लाख १३ हजार ७६१ कित्ता अर्थात् १.२८ प्रतिशत, सावित्री शर्माको १६ लाख ८१ हजार २१३ कित्ता अर्थात् १.१८ प्रतिशत र रमेश शर्माको १४ लाख ३९ हजार ८८८ कित्ता अर्थात् १.०१ प्रतिशत सेयर छ ।
बैंकले प्रकाशित गरेको वार्षिक प्रतिवेदनअनुसार सोनी जोशीको १३ लाख ३२ हजार २९० कित्ता अर्थात् ०.९४ प्रतिशत, अर्जुनप्रसाद शर्माको ११ लाख ९९ हजार २९५ कित्ता अर्थात् ०.९४ प्रतिशत, जगन्नाथ ज्ञवालीको १० लाख ३९ हजार २४८ कित्ता अर्थात् ०.७३ प्रतिशत, शंकरप्रसाद शर्माको १० लाख २९ हजार ७८५ कित्ता अर्थात् ०.७३ प्रतिशत र विष्णुप्रसाद पोखरेलको १० लाख १ हजार ९६४ कित्ता अर्थात् ०.७१ प्रतिशत सेयर स्वामित्व छ ।
यस्तै सुलोचनराज राजभण्डारीको ९ लाख ६७ हजार ३४६ कित्ता अर्थात् ०.६८ प्रतिशत, नरेन्द्रकुमारदेव भट्टको ८ लाख ३४ हजार ९४० कित्ता अर्थात् ०.५९ प्रतिशत, प्रमिला नेपालको ७ लाख ८८ हजार ६३४ कित्ता अर्थात् ०.५६ प्रतिशत, रमिता भट्टराईको ७ लाख ६८ हजार ७९९ कित्ता अर्थात् ०.५४ प्रतिशत र मनिता भट्टराईको ७ लाख ६७ हजार ३७७ कित्ता अर्थात् ०.५४ प्रतिशत छ ।
प्रतापजंग पाण्डेको ७ लाख ४३ हजार ३१२ कित्ता अर्थात् ०.५२ प्रतिशत, राजेश खड्काको ७ लाख २५ हजार ५१० कित्ता, रामप्रसाद श्रेष्ठको ७ लाख २३ हजार २७० कित्ता अर्थात् ०.५१ प्रतिशत, प्रेमबहादुर श्रेष्ठको ७ लाख १८ हजार २५८ कित्ता अर्थात् ०.५१ प्रतिशत, एसआर हाइड्रो एण्ड इन्भेष्टमेन्टको ७ लाख १५ हजार ८३९ कित्ता अर्थात् ०.५० प्रतिशत र अनिलकुमार ढुंगेलको ७ लाख १० हजार ७७१ कित्ता अर्थात् ०.५० प्रतिशत सेयर स्वामित्व रहेको बैंकले जनाएको छ ।