सिटिजन्स बैंकका सञ्चालकले बुझे ३४ लाख बढी भत्ता



काठमाडौं । सिटिजन्स बैंकले गत आर्थिक वर्षमा सञ्चालकका लागि भत्ता तथा अन्य खर्च बापत ३४ लाख २५ हजार १७७ रुपैयाँ भुक्तानी गरेको छ ।

जसमा बैठक भत्ता बापत २० लाख ४४ हजार रुपैयाँ अन्य सुविधा ८ लाख ४१ हजार र अन्य खर्च मा ५ लाख ४० हजार १७७ रुपैयाँ रहेको छ ।

बैंकले सञ्चालकलाई टेलिफोन तथा मोबाइल खर्च भनेर १ लाख ६६ हजार, इन्धन ४ लाख ४२ हजार २९० रुपैयाँ र पत्रपत्रिका बापत २ लाख ४९ हजार रुपैयाँ दिएको छ ।

बैंकको सञ्चालक समितिको अध्यक्षमा राजन सिंह भण्डारी, सञ्चालकमा प्रकाश चन्द्र मैनाली, विजयध्वज कार्की, प्रबलजंग पाण्डे, सजन शर्मा र अनिल ज्ञवाली रहेका थिए ।


क्लिकमान्डु