ग्लोबल आइएमई बैंकको दसैं विशेष टिकटक प्रतियोगितामा ६० हजार जित्ने अवसर



काठमाडौं । ग्लोबल आइएमई बैंकले युवायुवतीमा वित्तीय साक्षरता बढाउँदै डिजिटल बैंकिङ सेवालाई प्रवर्धन गर्न दसैंको अवसरमा टिकटक प्रतियोगिता सञ्चालन गरेको छ ।

प्रतियोगितामा सहभागिता हुन बैंकको टिकटक पेजमा गई बैंकले दसैंका सामग्री समावेश गरी तयार गरेको गीतमा आफ्नो टिकटक बनाई बैंकले सार्वजनिक गरेका सर्तहरु पूरा गरी आफ्नो टिकटक पेजमा अपलोड गर्नुपर्नेछ ।

प्रतियोगितामा सहभागीमध्ये धेरै लाइक आउने तीन सहभागीलाई क्रमशः प्रथम पुरस्कार ६० हजार, दोस्रो पुरस्कार ३५ हजार र तेस्रो पुरस्कार २५ हजार रुपैयाँ प्रदान गरिने बैंकले जनाएको छ । यो प्रतियोगितामा सहभागी हुन कात्तिक १२ सम्म टिकटक अपलोड गरिसक्नुपर्नेछ ।


क्लिकमान्डु