सिटिजन्स बैंकको साधारणसभा आज, लाभांश पारित गर्ने



काठमाडौं । सिटिजन्स बैंकले आजका लागि वार्षिक साधारणसभा बोलाएको छ । आज बस्ने साधारणसभाले सेयरधनीलाई लिने लाभांश लगायतका प्रस्ताव पारित गर्ने छ । सभाले पारित गरेपछि सेयरधनीले बैंकले तोकेको लाभांश पाउनेछन् ।

बैंकले गत आर्थिक वर्षका नाफाबाट ५.७९ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको छ । यस्तै आर्थिक वर्ष २०७९/८० को सञ्चालक समितिको वार्षिक प्रतिवेदन, वासलात, नाफा नोक्सान लगायतका विषयमा छलफल गर्ने प्रस्ताव गरेको छ ।

उपयुक्त बैंक तथा वित्तीय संस्था आपसमा गाभ्ने, गाभिने र प्राप्तिका लागि आवश्यक पर्ने सम्पूर्ण कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिने विशेष प्रस्ताव पेश गरेको छ ।

आर्थिक वर्ष २०८०/८१ का लागि लेखापरीक्षक नियुक्ति गरी पारिश्रमिक निर्धारण गर्ने र बैंकको प्रबन्धपत्र संशोधन गर्ने प्रस्ताव पेश गरेको छ । यी प्रस्ताव आज पारित हुनेछन् ।

साधारण सभा प्रयोजनका लागि बैंकले असोज १५ गते बुक क्लोज गरेको छ । असोज १४ गतेसम्म कायम रहने सेयरधनी लाभांश पाउनेछन् । साधारणसभा बिहान ११ बजे अमृतभोग, कालिकास्थान डिल्लीबजारमा बस्दैछ ।


क्लिकमान्डु