विदेशी पहुनालाई दसैं परिकार खुवाइने



काठमाडौं । दसैंको समयमा नेपालमा खाने स्थानीय रैथाने खानाका परिकारहरु होटल रेस्टुरेन्टको मेनुमै राखी होटल संघ नेपालले रैथाने खाना प्रवर्धन गर्ने भएको छ ।

दसैंको बिदामा कतिपय रेस्टुरेन्टहरु समेत पूर्ण रुपमा सञ्चालनमा नआउने भएकोले होटलहरुले घरघरमा खाने खाना नेपाल घुम्न आएका विदेशी पाहुनाहरुलाई विशेष छुटका साथ पस्कने होटल संघ नेपालका सदस्य होटलहरुले जनाएका छन् । उक्त कार्यक्रम असोज २८ देखि कात्तिक ११ गते घटस्थापनादेखि कोजाग्रत पूर्णिमाका दिनसम्म आयोजना हुनेछ ।

पर्यटकहरुले यात्राको क्रममा रैथाने स्थानीय खानाप्रति विशेष रुची राख्ने हुँदा अन्तर्राष्ट्रिय पर्यटकहरुलाई नेपाली मौलिक खानाको स्वाद चखाई नेपालको भ्रमण अविस्मरणीय बनाउने कार्यक्रमको उद्देश्य रहेको छ ।

होटल संघ नेपालको यस किसिमको विशेष कार्यक्रममा देशैभरीका सदस्य होटलहरु खासगरी झापास्थित होटल किङ्सबेरी र मेची क्राउन, भैरहवाको टाइगर प्यालेस, मनिग्रामको ड्रिमल्यान्ड गोल्ड रिसोर्ट, बुटवलको ड्रिम इन्टरनेशनल होटल र काठमाडौंका एयरपोर्ट होटल, अलफ्ट होटल, द्वारिकाज होटल र नेपाली घर लगायतले आफ्नो मेनुमा दसैंको चाडपर्वमा घर परिवारमा पाक्ने स्वादिलो स्थानीय रैथाने पकवान आफ्ना ग्राहकहरु माझ पस्कने छन् भने यस कार्यक्रममा अन्य क्षेत्रका थप सदस्य होटलहरु पनि सहभागी रहने होटल संघ नेपालले जनाएको छ ।


क्लिकमान्डु